काठमाडौं, पुस ११ –
सशस्त्र प्रहरी बल (एपीएफ) का मुकुन्द महर्जनले पनि सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णका ह्याट्रिक गरेका छन् । उनले सोमबार कराँतेको ६७ केजी तौल समूहमा सुदुरपश्चिमाञ्चलका महमद आलमलाई ५–३ अंकले निराश पार्दै स्वर्ण जितेपछि लगातार तीन राष्ट्रिय प्रतियोगितामा ह्याट्रिक गरेका हुन् ।
यस अघि एपीएफकै पर्शुराम बाँस्तोलाले करातेको एकल कातामा ह्याट्रिक गरेका थिए ।
महर्जनले यसअघिय धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमा पुलिसका दिवस श्रेष्ठ र पाँचौमा पूर्वाञ्चलका सिद्धिकीराज बबरलाई हराउँदै स्वर्ण जिेतेका थिए ।