Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चिलीमा ७.७ रेक्टरको शक्तिशाली भूकम्प, सडकहरु भासिए – Gaule Khabar

चिलीमा ७.७ रेक्टरको शक्तिशाली भूकम्प, सडकहरु भासिए

चिलीमा ७.७ रेक्टरको शक्तिशाली भूकम्प, सडकहरु भासिए
काठमाडौं, पुस ११ –
दक्षिण अमेरिकी देश चिलीमा आइतबार शक्तिशाली भूकम्प गएको छ ।चिलीको दक्षिण पश्चिम क्षेत्रमा  ७.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दू सेन्टियागोबाट २२५ किलोमिटर टाढा प्यूटो मेन्टमा थियो । भूकम्पका कारण चिलीका कयौं सडकहरु भासिएका छन् । भूकम्पपछि सूनामी आउनसक्ने भन्दै सचेत रहन चिली सरकारले सूचना जारी गरेको छ ।

भूकम्पका कारण कसैको हताहती नभएको सरकारी अधिकारीहरुले जनाएका छन् । चिलीमा सन् २०१०मा पनि ८.८ रेक्टर स्केतलको भूकम्प आएको थियो । भूकम्पपछि सुनामीका कारण ५०० धेरै मानिसको ज्यान गएको थियो ।

बैज्ञानिकहरुका अनुसार बारम्बारका भूकम्पका कारण चिली १० फिट पश्चिम तर्फ ढल्केको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका