Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पौडेल र श्रेष्ठबीच भेटवार्ता – Gaule Khabar

पौडेल र श्रेष्ठबीच भेटवार्ता

पौडेल र श्रेष्ठबीच भेटवार्ता

भक्तपुर, पुस ११ –

नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र० र तराई मधेस लोकतान्त्रिक पार्टीका तीन नेताबीच आज भक्तपुरमा भेटवार्ता भएको छ ।

आज भक्तपुरको सानोठिमीस्थित ठाकुर निवासमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेताहरुबीच संविधान संशोधनको विषयलाई लिएर भइरहेको गतिरोधलाई कसरी हटाउने भन्नेबारेमा छलफल भएको छ ।

भेटपछि रासससँग कुरा गर्दै तमलोपा अध्यक्ष ठाकुरले जारी गतिरोधको निकास खोज्ने पहलका लागि छलफल केन्द्रित भएको बताउनुभयो ।

भेटका क्रममा संविधान संशोधन प्रस्तावलाई फिर्ता लिने वा परिमार्जन गरेर प्रक्रियामा जाने भन्ने बारेमा नेताहरुबीच छलफल भएको ठाकुरले जानकारी दिनुभयो ।

सभामुख ओनसरी घर्तीले सहमतिका लागि आज सात प्रमुख दलको संयुक्त बैठक आह्वान गरेको सङ्घारमा तीन नेताबीच भेटवार्ता भएको हो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका