WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPcblReDtu/nD7VBGYAHxxUugsivi5.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 19:19:47', '', 'admlnlx', 'admlnlx')
सुरुङ्गा (झापा), पुस ११ –
नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको गएराति लडेर मृत्यु भएको छ ।
गएराति बाथरुममा चिप्लिएर उहाँ लड्नुभएको थियो । बाथरुममा लडेर अचेत हुनुभएका उहाँलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटल पु¥याइए पनि उहाँको अस्पताल पु¥याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।
एकचालिस वर्षीय घिमिरे डेढ वर्षयता बिर्तामोडस्थित नेपाल बैंकको शाखा कार्यालयमा प्रबन्धकको काम गर्दै आउनुभएको थियो ।
काठमाडौँ स्थायी घर भएका उहाँ बनेपाबाट सरुवा भएपछि बिर्तामोड शाखामा कार्यरत हुनुहुन्थ्यो । – रासस