Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महिला डाक्टरसँग उपचार गराउनेको आयू बढी हुने – Gaule Khabar

महिला डाक्टरसँग उपचार गराउनेको आयू बढी हुने

महिला डाक्टरसँग उपचार गराउनेको आयू बढी हुने

एजेन्सी,पुस ११-

अमेरिकाको हार्भड युनिभर्सिटीका शोधकर्ताहरुले एक अध्ययनमा महिला डाक्टरद्वारा उपचार गराउने वृद्ध बिरामीहरु अस्पताल भर्ना गरेको ३० दिन भित्र मर्ने सम्भावना कम हुने पाइएको बताएका छन् ।  यतिमात्र नभएर अस्पतालबाट डिस्चार्ज भएको ३० दिन भित्र उनीहरुलाई पुनः अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि कम आउने पाइएको समाचार संस्था आइएएनएसले जनाएको छ ।

यस अध्ययनको नतिजा जेएएमए इन्टरनल मेडिसिन अनलाइनमा प्रकाशित गरिएको छ । यस शोधको नतिजाले बताएअनुसार महिला र पुरुष डाक्टरहरुको काम गर्ने तरिकामा भिन्नता हुने सम्भावना हुने र यसले बिरामीको स्वास्थ्यमा ठूलो असर पर्न सक्छ ।

यो शोधको नेतृत्व गरेका युसुके सुगावाले भने, “मृत्युदरको यो भिन्नताले हामीलाई आश्चर्यचकित  बनाइदिएको छ । सबैभन्दा बढी बिरामी मानिसका लागि उनको डाक्टर पुरुष वा महिला हो भन्ने कुराले ठूलो अर्थ राख्न सक्नेछ ।” युसुके सुगावा मासेचुसेट्सस्थित हार्भड टी.एस चान स्कूल अफ पब्लिक हेल्थमा रिसर्च असोसिएटको पदमा कार्यरत छन् । यस रिसर्चका लागि शोधकर्ताहरुको टिमले मेडिकेयर सुविधा प्रयोग गरिरहेको ६५ वर्ष वा त्यो भन्दा बढी उमेरका करिब १० लाख बिरामीसँग सम्बन्धित तथ्यांकहरुको समीक्षा गरेका थिए ।

समाचारअनुसार ती बिरामीहरु कुनै न कुनै स्वास्थ्य सम्बन्धी समस्याका कारण अस्पतालमा भर्ना गरिएको थियो । उक्त शोधको नतिजाअनुसार यदि बृद्ध बिरामीको उपचार महिला डाक्टरले गरेको खण्डमा उनीहरुको उमेर नपुगिकन मर्ने सम्भावना ४ प्रतिशत सम्म कम हुन सक्छ । साथै अस्पतालबाट डिस्चार्ज भएको ३० दिन भित्र बिरामी पुनः अस्पतालमा भर्ना हुने सम्भावना पनि ५ प्रतिशतसम्म घट्न सक्नेछ ।

धेरै प्रकारका रोगहरु वा गम्भीर रोगहरुमा पनि यस्तो सम्बन्ध पाइएको छ । शोधमा पुरुष डाक्टहरु पनि महिला डाक्टर जस्तै सफल हुन सकेको खण्डमा मृत्युको तथ्यांक वार्षीक रुपमा ३२ हजारसम्म कम गर्न सकिने नतिजा पाइएको छ । शोधमा महिला डाक्टहरुले पुरुषको तुलनामा चिकित्सकीय दिशानिर्देशलाई बढी गम्भीरतासँग पालन गर्ने पाइएको छ साथै बिरामीको रेखदेख वा रोगबाट बचाउ कार्यमा ध्यान दिने गरेको पाइएको छ ।

पुरुष डाक्टरको तुलनामा महिला डाक्टर बिरामीसँग राम्रो तरिकाले बोलिचाली गर्ने र जरूरी चेकजाँच गर्न बिषयमा बढ्ता ध्यान दिने गरेको पाइएको छ । साथै उनीहरुले आफ्नो बिरामीलाई राम्रो परामर्श पनि दिने पाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका