Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गणतन्त्रविरुद्ध षड्यन्त्र गरे ज्ञानेन्द्रलाई पक्राउ गर्नुपर्छः अनन्त – Gaule Khabar

गणतन्त्रविरुद्ध षड्यन्त्र गरे ज्ञानेन्द्रलाई पक्राउ गर्नुपर्छः अनन्त

गणतन्त्रविरुद्ध षड्यन्त्र गरे ज्ञानेन्द्रलाई पक्राउ गर्नुपर्छः अनन्त

दाङ,पुस १०-

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अन्नतले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि वाहृय शक्तिको आडमा आफ्नो स्पेस बनाउन खोजेको आरोप लगाएका छन् । साथै गणतन्त्र र संघीयताविरुद्ध षड्यन्त्र गर्न खोजे सरकारले नियन्त्रणमा लिने चेतावानी दिए ।

माओवादी प्रदेश नम्बर ५ ले बैठकपछि आइतबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अन्नतले, पूर्वराजा ज्ञानेन्द्रले धमिलो पानिमा माछा मार्न खोजेको बताए । ‘ज्ञानेन्द्रले चीन र भारतका नेताहरुलाई भेटेर आफ्नो स्पेस बनाइदिन विन्ती गर्ने गरेको सूचना आएको छ, उनले भने ।

पछिल्लो पटक वक्तब्य जारी गरेर ज्ञानेज्द्रले विवादमा आउने काम गरेको भन्दै उनले भने, वौल्न र लेख्न पाउने अधिकार अन्य नागरिकलाई झै उनलाई पनि छ, तर, गणतन्त्र र संघियतालाई नै चुनौति दिने गरी एक्सनमा आए सरकारले नियन्त्रणमा लिनुपर्ने हुन्छ ।’

दरबार हत्याकाण्डको छानविन गर्नुपर्ने जनताको माग रहेकाले सरकारले प्रस्ताव अघि बढाउनुपर्ने उनको भनाइ छ ।माओवादी नेता अनन्तले सीमांकन हेरफेरविरुद्ध एमालेले बुटवलमा गरिरहेको आन्दोलन प्रादेशिक राजधानीका लागि भएको टिप्पणी गरे ।सरकारले ल्याएको संशोधन प्रस्ताव अनुसार दाङ राजधानी बन्ने भएपछि एमालेले आन्दोलन गरेको उनको आरोप छ ।

‘दाङलाई राजधानी बनाउने तयारी स्वरुप हामीले सीमांकन हेरफेर गर्ने गरी संशोधन प्रस्ताव पेस गरेका हौं । यो कुनै पनि हालतमा प्रस्ताव पास हुन्छ’, पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले अघि भने, ‘संशोधन प्रस्तावले मुलुकमा बिखण्डन ल्याउँछ भन्नु गलत हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका