चितवन,पुस १० –
अर्घाखाँचीको सन्धिखर्क–१३ अर्घा धरमपानीका क्यान्सर पीडित प्रकाश गन्धर्वलाई आर्थिक सहयोग उपलब्ध भएको छ ।सारंगी बजाएर गुजारा चलाउने गन्धर्बलाई कतारमा रहेको नपाली युवाले आर्थिक सहयोग गरेका हुन् । कतारमा रहेका अर्घा धरमपानीका युवा नारायण रानाको पहलमा झण्डै ९३ हजार रुपैयाँ संकलन गन्धर्वलाई दिइएको हो ।
पाखुरामा अस्वभाविक ढंगले ट्युमर बढ्दै गएपछि उनी चिन्तामा परेका छन् । आर्थिक सहयोग जुटेपछि उनलाई परिवारले उपचारका लागि क्यान्सर अस्पताल भरतपुरमा ल्याएर किमो चढाइएको छ । प्रकाश पनि कतार गएका थिए । कतारमै रोगले समातेपछि उनी घर फकिएका हुन् ।