नवलपरासी ,पुस १०-
नवलपरासीबाट निर्वाचित सांसदद्धयहरुले सरकारले तत्काल उखुको मुल्य निर्धारण गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा समक्ष भेटघाट गरेका छन् ।समयमै उखुको मुल्य निर्धारण हुन नसक्दा उखु किसानहरु मर्कामा परेको भन्दै सांसद बिक्रम खनाल र देवकरण प्रसाद कलवारसहितको टोलीले आफ्ना पार्टी सभापति देउवा समक्ष भेटघाट गरेका हुन् ।
सो क्रममा पार्टी सभापति देउवा संग आफुहरुले तत्काल उखुको सरकारले मुल्य निर्धारण नगर्दा किसानहरु निकै समस्यामा पर्ने हुँदा यसलाई तत्काल समस्या समाधान गर्न माग गरिएको छलफलमा सहभागी नेपाली काग्रेसका नेता एवम् नवलपरासी निर्वाचन क्षेत्र न ६का सांसद देवकरण प्रसाद कलवारले बताए ।
सो क्रममा पार्टी सभापति देउवाले तत्काल उद्योगमन्त्रीलाई निर्देशन दिएर अर्थ मन्त्रालयसंग समन्वय गरी उखुको सरकारकाले मुल्य निर्धारण गर्ने आफुहरुलाई आश्वासन दिएको छलफलमा सहभागी नेपाली काग्रेस नवलपरासी निर्वाचन क्षेत्र न ५ का सांसद बिक्रम खनालले खबरडबलीसंग बताए ।
यसैबीच उद्योगमन्त्री नबिन्द्रराज जोशीलाई भेटेर सांसदद्धयको टोलीले उखुको मुल्य तत्काल निर्धारण गर्न सरकारले पहल गर्नेपर्ने बारेमा छलफल गरेको थियो ।नवलपरासीका किसानहरूले उखुको मुल्य ५ सय ५६ रुपैयाँ प्रति क्विन्टल सरकारले निर्धारण गर्नुपर्ने जोडदार माग गर्दै आइरहेका छन् ।उचित माग अनुसार मुल्य निर्धारण नभए खेतमा नै विरोध स्वरूप उखु जलाउने चेतावनी किसानहरुले दिदै आएका छन् ।