Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जनप्रदर्शनको लागि एमालेको प्रचार शैलीः एसएमएस भाइरल बनाउने ! – Gaule Khabar

जनप्रदर्शनको लागि एमालेको प्रचार शैलीः एसएमएस भाइरल बनाउने !

जनप्रदर्शनको लागि एमालेको प्रचार शैलीः एसएमएस भाइरल बनाउने !

काठमाडौं, पुस १० –

संविधान संशोधन प्रस्तावको विरोधमा रहेको नेकपा एमालेसहितका नौ राजनीतिक दलले जनप्रदर्शन आयोजना गर्दै छन् । जनप्रदर्शनमा व्यापक सहभागिता र प्रदर्शनलाई सफल बनाउन एमालेसहितका नौ राजनीतिक दलले तयारीलाई तिव्रता दिएका छन् ।

जनप्रदर्शनमा व्यापक सहभागिताका लागि एमाले प्रचारको शैलीलाई आक्रामक बनाउने तयारी गरको हो । उसले उपत्यकाभित्र एक निर्वाचन क्षेत्रमा कम्तीमा १० ठाउँमा कोण सभा गर्ने, प्रदर्शनबारे एसएमएस अभियान चलाएर भाइरल बनाउने, सामाजिक सञ्जालमा असभ्य भाषा नलेख्ने लगायतको प्रतिबद्धताका साथ प्रचार प्रयासको कार्ययोजना तयार पारिएको छ ।

एमाले सचिव योगेश भट्टराईका अनुसार प्रचारप्रसारको योजना यस्तो छः

– पुस २१ गते मोटरसाइकल र्‍याली गर्ने । यसको संयोजन अनेरास्ववियु, युवासंघ, खेलकुद महासंघ, जिफन्ट, पेशागत महासंघ र सम्पर्क विशेष कमिटीले गर्ने । कम्तीमा १० हजार मोटरसाइकल सहभागी हुने ।

–उपत्यकाभित्र २० र २१ गते एक निर्वाचन क्षेत्रमा कम्तीमा १० ठाउँमा कोण सभा गर्ने । यसरी १५० ठाउँमा कोणसभा हुनेछन् ।

–जिफन्ट र अनेरास्ववियुले आफ्नो कार्यथलो र कलेजमा प्रचारसभा (क्लास स्पिच) गर्ने ।

–९ दल (नेकपा (एमाले), नेकपा (माले), नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टी) का अध्यक्षहरुको हस्ताक्षर भएको अपिल घर–घरमा पुर्‍याउने ।

–सबैले आफ्ना फेसवुक, पेज, ट्वीटरमा छोटा भाषा र आर्कषक ढंगले २२ गतेका सन्देश पोस्ट गर्ने ।

–फेसवुक तथा भाइबरमा २२ गतेलाई केन्द्रित गरेर गु्रप बनाउने । प्रचार सन्देशमा कसैलाई अभद्र भाषा प्रयोग नगर्ने, सकारात्मक सन्देश मात्र प्रवाह गर्ने ।

–पुस २० र २१ गते एस. एम. एस. भाइरल चलाउने । प्रत्येक पार्टी सदस्यले कम्तीमा २० जनालाई एस. एम. एस. पठाउने ।

–‘राष्ट्र र भावी पुस्ताका लागि पुस २२ गतेको विरोध प्रदर्शनमा सहभागी हुनेछु’ भन्ने प्रतिज्ञा पत्रमा घर–घरमा गएर अन्य ठाउँमा समेत हस्ताक्षर अभियान चलाउने ।

–पुस २२ गते ३ घण्टाका लागि सबै सडकमा आउने । सबै राष्ट्रप्रेमी पुस २२ गते सडकमा आउनेछन् ।

–सिठी जुलुस, दौड जुलुस, प्रतिकात्मक प्रचार शैलीहरु अबलम्बन गर्ने । पुस २० र २१ गते भूगोलका जिल्ला कमिटीहरुले तीनै सहरमा माइकिङ गर्ने ।

–यो कार्ययोजना र जिम्मेवारीका आधारमा सबै पार्टी कमिटी, जनसंगठन, सम्पर्क कमिटी र मञ्चहरुले आ–आफ्ना प्रचार योजना बनाई सचिवालयमा पेश गर्ने ।

–२२ गतेलाई केन्द्रित गरी डिजिटल पोस्टर र पोस्टकार्ड तयार गरी प्रचार–प्रसार गर्ने ।

–पुस २० गते ३ बजे रत्नपार्क शान्तिबाटिकाबाट राष्ट्रिय झण्डासहित प्रचार जुलुश गर्ने । यसको संयोजन काठमाडौँ जिल्ला कमिटीले गर्ने ।

–पुस २२ गतेका लागि जिंगल बनाउने । यसको संयोजन राष्ट्रिय जनसांस्कृतिक महासंघले गर्ने ।

बैठकमा केन्द्रीय प्रचार विभागका सदस्यहरु, जनसंगठनका केन्द्रीय प्रचार विभाग प्रमुखहरु, उपत्यकाभित्रका जिल्ला कमिटीका प्रचार विभाग प्रमुखहरु, सम्पर्क समन्वय कमिटीका प्रचार विभाग प्रमुखहरु र प्रेस चौतारीका पदाधिकारी तथा उपत्यकाभित्रका केन्द्रीय सदस्यहरु सहभागी रहेको सचिव भट्टराईले जानकारी दिए ।२२ गतेको सभालाई नौवटै पार्टीका अध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका