Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संशोधन प्रस्ताव स्थगन गर – पोखरेल – Gaule Khabar

संशोधन प्रस्ताव स्थगन गर – पोखरेल

संशोधन प्रस्ताव स्थगन गर – पोखरेल

बागलुङ, पुस १० –

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव स्थगन गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल बागलुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता पोखरलले संविधान संशोधन अहिलेको आवश्यकता नभएको उल्लेख गर्दै भन्नुभयो, “सरकारले संशोधन प्रस्ताव फिर्ता लिन नसक्ने हो भने स्थगित गरोस् । ”
उहाँले अहिलेको संशोधन प्रस्ताव राष्ट्रिय हितको प्रतिकूल रहेको जिकिर गर्दै संविधान संशोधनको विपक्षमा एमाले नरहेको तर अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुन सक्ने विचार राख्नुभयो । संशोधन प्रस्तावमा ल्याइएका भाषा, नागरिकता, प्रतिनिधित्व र सीमा हेरफेरसम्बन्धी बुँदामा एमाले सहमत हुन नसक्ने उहाँको भनाइ छ ।

“प्रदेशको सीमा हेरफेर हुनसक्छ, तर संवैधानिक व्यवस्था अनुसार हुनुपर्छ” नेता पोखरेलले भन्नुभयो “प्रदेशसभालाई मात्र त्यो अधिकार छ, संविधानको धारा २७४ मा त्यो स्पष्ट किटान गरिएको छ ।”

संशोधन प्रस्तावमा छलफल समेत हुन नदिइने बताउँदै नेता पोखरेलले सरकारलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभयो । “संशोधन प्रस्ताव स्थगन गरेर सरकारले मुलुकलाई निर्वाचनतिर लगोस्, एमाले पूर्ण रुपमा सहयोग गर्न तयार छ” पोखरेलले भन्नुभयो । निर्वाचनसँगै संविधान पनि कार्यान्वयनमा जाने उहाँको भनाइ छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका