बाबियाचौर (म्याग्दी ),पुस १० –
म्याग्दीको निस्कोटका एक दम्पतीले स्वास्थ्य चौकीलाई दश लाख रुपैयाँ मूल्य बराबरको जग्गा सहयोग गरेका छन् ।
निस्कोट–९ का खड्कचन पुन र उहाँकी श्रीमती निरु पुनले शनिबार गाउँ परिषद्को अवसरमा स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा उपलब्ध गराउनुभएको हो । पुन दम्पतीले दिवङ्गत बुबा तुलबहादुर पुनको स्मृतिमा उपलब्ध गराउनुभएको सो जग्गाको मूल्य दश लाख रुपैयाँ रहेको गाविस सचिव छवीलाल उपाध्यायले जानकारी दिनुभयो ।
तीन वर्षअघि स्तरवृद्धि भएको स्वास्थ्य चौकीको भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको थियो । जीर्ण र साँघुरो कोठा भएको भवनबाट सेवा प्रवाह हँुदै आएको छ । जग्गा प्राप्त भएपछि भवन निर्माण प्रक्रिया अघि बढाइने गाविस सचिव उपाध्यायले बताउनुभयो । – रासस