Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हिन्दू समुदायका बालबालिका उर्दू र अरबी भाषा पढ्दै – Gaule Khabar

हिन्दू समुदायका बालबालिका उर्दू र अरबी भाषा पढ्दै

हिन्दू समुदायका बालबालिका उर्दू र अरबी भाषा पढ्दै

पाल्पा,पुस १०-

मुस्लिम समुदायका लागि मात्र स्थापना भएको रामपुर नगरपालिका–६ इस्लामपुरमा रहेको मदरसा नुरुल हुँदा अहले सुन्नत प्राथमिक विद्यालयमा हिन्दू समुदायका बालबालिका पनि पढ्ने गरेका छन् ।

मुस्लिम समुदायको भाषा संरक्षण गर्नका लागि स्थापना भएको विद्यालयमा हिजोआज हिन्दू समुदायका बालबालिकाले उर्दू र अरबी भाषा सिक्दैछन् । सामाजिक मेलमिलाप, जातीय विभेदको कम हुँदै जाँदा हिन्दू समुदायका बालबालिका उर्दू र अरबी भाषामा आकर्षित भएका हुन् ।

यस आर्थिक वर्षमा विद्यालयमा ४५ जना विद्यार्थी भर्ना भएकामध्ये १० विद्यार्थी हिन्दू समुदायका छन् । २०६७ सालमा स्थापना भएको विद्यालयमा कक्षा बालविकासदेखि कक्षा ३ सम्म मात्र पठनपाठन हुने गर्दछ ।

मुस्लिम समुदायको जनघनत्व बढ्दै गएपछि उर्दू र अरबी भाषा सिकाउने उद्देश्यले यहाँ विद्यालय स्थापना गरिएको हो । यस विद्यालयमा दुईजना दरबन्दी र चारजना निजी स्रोतका शिक्षक रहेका छन् । यहाँ मुस्लिम समुदायभन्दा अन्य समुदायका बालबालिकालाई विद्यालयबाट प्रदान गरिने छात्रवृत्ति, शैक्षिक सामग्री वितरणमा बढी प्राथमिकता दिएर वितरण गरिँदै आएको प्रधानाध्यापक नागेन्द्र काफ्लेले बताए ।

मुस्लिम समुदायभन्दा बाहिरका बालबालिकालाई उर्दू र अरबी भाषा सिकाइमा केही समस्या हुने गरेको उर्दू र अरबी भाषाका शिक्षक अब्दुल जब्बारले बताए । “बालबालिकाले जिज्ञासु रुपमा सिक्न खोजे पनि दोस्रो भाषाका रुपमा उर्दू र अरबी भाषा सिक्ने र सिकाउनेलाई पनि कठिन हुने गरेको छ”, उनले भने । यहाँ कक्षा बालविकासमा २५, कक्षा १ मा तीन,कक्षा २ मा १२ र कक्षा ३ मा सातजना विद्यार्थी रहेका छन् ।

सामाजिक मेलमिलाप शिक्षा र चेतनाको विकास बढ्दै गएपछि हिन्दू समुदायको पनि बिस्तारै उर्दू र अरबी भाषामा आकर्षण बढेको विद्यालय व्यवस्थापन समितिका सदस्य हलिमा खातुनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका