Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रत्ननगर नगरपालिकामा थन्कियो एम्बुलेन्स – Gaule Khabar

रत्ननगर नगरपालिकामा थन्कियो एम्बुलेन्स

रत्ननगर नगरपालिकामा थन्कियो एम्बुलेन्स

बिकास पौडेल ,
चितवन ,पौष १०-

पूर्वीचितवनको पिठुवा क्षेत्रमा संचालन हुदै आएको एम्बुलेन्स अहिले थन्किएको छ । साविकको पिठुवा गाबिस हुँदा खरिद गरि संचालन गरिएको एम्बुलेन्स अहिले रत्ननगर नगरपालिकामा लगेर राखिएको छ । गाबिसबाट नगरपालिकामा गाभिदा अझ बढी सेवासुबिधा पाइन्छ भन्ने आश गरेका पिठुँवाका जनता अहिले निराश भएका छन् ।

नगरपालिका भएपछी गाउँमा भएको एम्बुलेन्स पनि उतै लगेर राखेका भन्दै स्थानीय नेत्र गुरुङले आक्रोश पोखे । साविकको पिठुवा गाबिस हुँदा बि.स.२०५८ सालमा स्थानीय जनता ,तत्कालीन जनप्रतिनिधि लगायतको सहयोगमा खरिद गरिएको एम्बुलेन्स अहिले चालु अवस्थामा छैन । एम्बुलेन्स बिग्रेर नचलाइएको भने होइन । गतबर्ष भएको अघोषित नाकाबन्दीको बेला ईन्धन नपाएको भन्दै नगरपालिकामा थन्किएको एम्बुलेन्स अहिलेसम्म पनि संचालनमा ल्याइएको छैन । ईन्धन सहज भएको एक बर्षभन्दा बढी हुँदा समेत नगरपालिकाले एम्बुलेन्स संचालन गरेको छैन । उक्त एम्बुलेन्सले पिठुवा,जुटपानी ,शक्तिखोर ,चैनपुर र रत्ननगर लगायतको क्षेत्रका जनतालाई सेवा पु्र्याउदै आएको थियो । यसरी संचालनमा रहिरहेको एम्बुलेन्सलाई रत्ननगर नगरपालिकाले अहिले थन्क्याएर राखेको छ ।

एम्बुलेन्स संचालनबाट जेनतेन खर्च धानेको थियो र जनताले सेवा पाइरहेका थिए । तर नगरपालिका भएपछी पिठुवामा भएको एम्बुलेन्सलाई कसैसंग सल्लाह नगरी रत्ननगर नगरपालिकाको कार्यालयमा लगेर राखेको एम्बुलेन्स संचालन सहयोग समितिका संयोजक सूर्यनाथ न्यौपानेले बताए । नगरपालिका लगेको एम्बुलेन्स अहिले चलाएका छैनन् । चालु अवस्थामा रहेको एम्बुलेन्स नचल्दा स्थानिय मर्कामा परेको न्यौपानेले गुनासो गरे । एम्बुलेन्स संचालनमा ल्याउन पर्छ भनेर नगरपालिकामा पहल गर्दा कुनै सुनुवाँई नभएको उनको आरोप छ ।

नाकाबन्दीको बेला ईन्धन अभावले गर्दा एम्बुलेन्स चलाउन नसकेको रत्ननगर नगरपालिकाले जनाएको छ । एम्बुलेन्स लामो समय थन्किएको र अहिले त्यसलाई मर्मत गर्नुपर्ने अवस्था रहेको रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले बताए । एम्बुलेन्स कुनै सामाजिक संस्था वा अस्पतालले संचालन गर्दा राम्रो हुने भएकाले पनी अहिले नगरपालिकाले एम्बुलेन्स संचालन नगरेको र छिट्टै नै नगरपालिकाले एम्बुलेन्सलाई कुनै संस्था वा अस्पताललाई हस्तान्तरण गर्ने सोचमा रहेको उनको भनाई छ । त्यसो नभए नगरपालिकामा कुनै एउटा संचालन समिति गठन गरेर एम्बुलेन्स संचालन गरिने गैरैले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका