Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
टिकौली पार्कमा वृक्षारोपण – Gaule Khabar

टिकौली पार्कमा वृक्षारोपण

टिकौली पार्कमा वृक्षारोपण

चितवन , पौष ९
टिकौली इको कल्चर पार्कमा  वृक्षारोपण गरिएको छ । जैविक विविधता संरक्षणसंगै आरामदायी स्थलको रुपमा विकास गर्ने उदेश्यका साथ रत्ननगर ७ मा पार्क निर्माणको काम भईरहेको छ । सोही ठाँउमा आज एक कार्यक्रमको आयोजना गरी चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले विरुवा रोपेर उद्घाटन गरे ।

सो अवसरमा प्रमुख संरक्षण अधिकृत कडेंलले अतिक्रमित जग्गा संरक्षण गरेर पार्क निर्माण गर्नु महत्वपुर्ण रहेको भन्दै यसबाट जैविक विविधता संरक्षण हुने धारणा राखे । त्यस्तै मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुङ्गानाले पार्कले वन र पर्यापर्यटनलाई जोड्ने काम गर्ने वताए । रत्ननगर नगरपालिकाको सक्रियतामा केही समय अघि सो क्षेत्र नक्साङ्कन गरी तारवार गरेर संरक्षण गरिएको थियो ।

करिव ७ विगाहा जग्गालाई संरक्षण गरिएको र २ विगाहामा पार्क निर्माण निर्माण गरिने टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष वुद्धिमान विकले जानकारी दिए । यसअघि पनि त्यहाँ करिव एक सय प्रजातिका विरुवाहरु रोपिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका