Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जमुनापुर हेल्प सोसाईटीको सामुदायिक भवनको सिलान्यास – Gaule Khabar

जमुनापुर हेल्प सोसाईटीको सामुदायिक भवनको सिलान्यास

जमुनापुर हेल्प सोसाईटीको सामुदायिक भवनको सिलान्यास

चितवन , पौष ९
पूर्वी चितवनको रत्ननगर ११ मा निर्माण गर्न लागिएको जमुनापुर हेल्प सोसाईटीको सामुदायिक भवनको आज शिलान्यास भएको छ । सहरी बिकास मन्त्री अर्जुन नरसिंह केशीले आज एक कार्यक्रमको बिच शिलान्यास गर्नुभएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी मन्त्री केशीले संसदमा संविधान संसोधन प्रस्ताव प्रवेश गर्न नदिनु लोकतन्त्रको भावना विपरीत रहेको वताएका छन् । संसदमा प्रस्ताव पास फेल जे भएपनि हुन्छ तर सदननै अवरोध राख्न नहुने उनले दोहोर्याए । दाताहरुको सहयोगमा जमुनापुर हेल्प सोसाईटीले सामुदायिक भवन निर्माण गर्न लागेको हो । २०६४ सालमा स्थापना भएको सोसाईटीले सहयोग जुटाएर २ करोड लागतमा सामुदायिक भवन निर्माण गर्न लागेको जनाएको छ । सामुदायिक भवनकमा वचत सहकारी,दुग्ध उत्पादक संस्था,स्वास्थ्य चौकी र भेटेरेनरी,सामुदायिक पुस्तकालय र सभाहल रहने सोसाइटीका अध्यक्ष रविन्द्र जंग थापाले बताए ।

संस्थाले अहिले सम्म करिब ५६ लाख संकलन गरी सकेको संस्थाका सल्लाहाकार शिवराम केशीले जानकारी दिए । सो अवसरमा लोक तथा दोहोरी गायक मिलन लामालाई कदरपत्रद्धारा सम्मान गर्नुको साथै भवन निर्माणका लागी सहयोग गर्ने दाताहरुलाई खादाले सम्मान गरिएको थियो । भवन सिलान्यास कार्यक्रममा साँसद शेषनाथ अधिकारी,स्थानिय विकास मन्त्रालयका सचिव केदार वहादुर अधिकारी,प्रमुख जिल्ला अधिकारी नारायण भट्ट,नेपाली काग्रेशका जिल्ला सभापति जितनारायण श्रेष्ठ,नेकपा एमालेका जिल्ला सदस्य विनोद रेग्मी,नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज इश्वरी भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका