Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राप्रपा चितवन क्षेत्र नम्बर ३ को अध्यक्षमा युवराज – Gaule Khabar

राप्रपा चितवन क्षेत्र नम्बर ३ को अध्यक्षमा युवराज

राप्रपा चितवन क्षेत्र नम्बर ३ को अध्यक्षमा युवराज

चितवन, पुस ९–

राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) चितवन क्षेत्र नम्बर ३ को अध्यक्षमा युवराज राना निर्विरोध चयन हुनुभएको छ । शनिबार सम्पन्न क्षेत्रीय एकता घोषणा सभामा रानालाई ५१ सदस्यीय क्षेत्रीय तदर्थ समितिको अध्यक्षमा चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा मुक्तिप्रसाद कँडेल, सचिवमा गोविन्द थापा, कोषाध्यक्षमा चित्रलाल शर्मा र सहसचिवमा केशवराज भण्डारीलाई चयन गरिएको छ ।
क्षेत्र नम्बर ३ को शनिबार सम्पन्न एकता घोषणा कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टिकी केन्द्रिय सदस्य पवित्रा जोशीले निर्विरोध चयन हुनुभएका समितिका पदाधिकारी एवम् सदस्यहरुलाई बधाई दिनुभयो ।
सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टि चितवनका अध्यक्ष रामहरि कँडेल, निर्देशन समिति चितवनका अध्यक्ष बद्री तिमिल्सिना, उपाध्यक्ष विष्णु वाग्ले, सचिव रूद्र ढकाल, कोषाध्यक्ष प्रेम प्रसाद गैरै, प्रवक्ता जिवलाल पुरी, मिडिया नेपाल चितवनका उपाध्यक्ष राजेन्द्र कार्कि लगायतको सहभागिता रहेको थियो । राप्रपा जिल्ला निर्वाचन समितिका सदस्य एवम् मिडिया नेपाल चितवनका अध्यक्ष शंकर निर्देशले संचालन गर्नुभएको सो कार्यक्रममा पार्टिका जिल्ला पदाधिकारी एवम् सदस्यहरु, क्षेत्रिय अध्यक्षहरु, नगर, गाविस र वडाका अध्यक्षहरु, भातृ संस्थाका अध्यक्षहरु एवम् प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका