Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बिचित्र संसार किन रुन्छन् केटीहरु सामान्य कुरामा पनि ! – Gaule Khabar

बिचित्र संसार किन रुन्छन् केटीहरु सामान्य कुरामा पनि !

बिचित्र संसार किन रुन्छन् केटीहरु सामान्य कुरामा पनि !

एजेन्सी-

केटीहरु खुसी हुँदा वा दुखी हुँदा दुवै अवस्थामा आँसु खसाल्छन् । तर केटीहरु किन यति सहजै आँसु खसाउँछन् भन्ने विषयले बैज्ञानिकहरुलाइ समेत टाउको दुखाएको   छ ।

केटीहरु किन यति सजिलै रुन्छन्, प्याज काट्दा आँसु किन आउँछ, गोहीले किन आँसु बगाउँछ भन्ने कुराको कारण सुन्नु भो भने तपाइँ अाश्चर्यमा पर्नु हुनेछ ।

द टेलीग्राफमा प्रकाशित जर्मन शोधका अनुसार महिला पुरुषको तुलनामा बढी रुन्छन् । महिलाको  आंसुसँग सम्बन्धित ग्ल्याण्ड पुरुषको तुलनामा बढी सक्रिय हुन्छ । यिनको बनावट पनि अलग अलग हुन्छ । यसैकारणले महिलाको आँखामा आँसु बढी आउँछ ।

शोधकर्ताहरुका अनुसार महिलाको आंखामा आंसू एक महिनामा करीब 5.3 पटक आउँछ जबकि पुरुषको आँखामा 1.4 पटक मात्र आउँछ । एक पटकमा महिला ६ मिनेट सम्म रुन्छन् । तर पुरुषको रुने अवधी सामान्यतया २ देखि ४ मिनेटको मात्र हुन्छ ।

 त्यसैगरी प्याज काट्दा आँसु आउनुको कारण प्याजबाट आउने सिन-प्रोपेनिथियल-एस-ऑक्साइड हो । यसले हाम्रो लैक्रिमल ग्ल्याण्डमा असर गर्छ र आँसु आउन शुरु हुन्छ ।

रुँदा आँखाबाट आँसुमात्र होइन नाकबाट सिगान पनि आँउछ । त्यसो हुनुको कारण चाँहि आँसु हाम्रो श्वास नलिमा प्रवेश गर्नु हो । आँसु बढी आएमा श्वास नलिमा प्रवेश गर्छ र नाकबाट सिगान बग्न शुरु हुन्छ ।

गोहीको आँखामा आँसु किन आँउछ

यूनिभर्सिटी अफ फ्लोरिडाका बैज्ञानिकहरुका अनुसार गोहीको आँखाबाट आँसु आउनुको कारण गोही रुनु होइन् । उनीहरुका अनुसार गोहीको आँखाबाट २४ घण्टा नै आँसु आँउछ र यस्को कारण उसको आँखाको बनोट हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका