Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दक्षिणी पर्वतका गाविस जोड्ने दोबिल्लाको मोटरेवल पुल जीर्ण – Gaule Khabar

दक्षिणी पर्वतका गाविस जोड्ने दोबिल्लाको मोटरेवल पुल जीर्ण

दक्षिणी पर्वतका गाविस जोड्ने दोबिल्लाको मोटरेवल पुल जीर्ण

पर्वत,पुस ८-

सात वर्षअघि निर्माण गरिएको दक्षिणी पर्वतका गाविस जोड्ने दोबिल्लाको मोटरेवल पुल जीर्ण बनेको छ । जिल्ला सदरमुकामदेखि दक्षिण जोड्ने एक मात्र यो पुलको समय समयमा मर्मत नहुँदा जीर्ण बन्दै गएको हो । कुश्मा नगरपालिका स्थित मोदीखोला माथि रहेको यो पुल दुई सय मिटर लामो रहेको छ । पुलको मर्मत सम्भारमा ध्यान नदिँदा अहिले नट बोल्ट खुस्किएको, पुलमा रहेका पाताहरु उक्किएका तथा ठाउँ ठाउँमा खिया लागेको, पुलको दुबै छेउमा माटो जमेको भएपनि कुनै निकायले मर्मतमा ध्यान दिएको पाईदैन ।

जिल्ला विकास समितिले केही समय पहिलासम्म हेरालो राखेर नियमित रुपमा रेखदेख तथा सफा गर्ने गरेको भएपनि अहिले यसतर्फ ध्यान नदिँदा झनै जीर्ण बन्दै गएको हो । पुलको नियमित रुपमा रेखदेख नहुँदा ओभर लोड गरिएका गाडीहरु, डोजर, लोडर लगायतका हेब्भी ईक्युमेन्टहरु समेत यहि पुलबाट तार्ने गर्दा पुलका पाताहरुमा प्वाल पर्ने समस्या देखिएको व्यावसायी भिम प्रसाद श्रेष्ठको भनाई छ । यो पुलबाट ३४ गाविसमा प्रत्यक्ष रुपमा यातायात सेवा संचालन हुने गरेको छ ।

१५ टन भारवहन क्षमता भएको सो पुलमा ओभरलोड गरि लैजाँदा समेत कुनै निकायले कारवाही नगरेको स्थानीय राम शर्माले बताए । ठूला ठूला डोजर लोडर जस्ता उपकरणहरु यहिँबाट तार्ने गरेको समेत शर्माले बताए । समय समयमा मर्मत नहुँदा तथा रेखरेख नहुँदा करोडौं खर्चिएर बनाएका यस्ता पूर्वाधारहरु जीर्ण बन्दै गएको साथै यस पुलबाट ओहोर दोहोर गर्ने सयौं सवारी साधनलाई झनै समस्या हुने श्रेष्ठको भनाई छ । उता जिल्ला विकास समितिले पुल मर्मतका लागि कुनै कोष नभएकाले रेखदेख भएपनि काम गर्न नसकिएको बताईएको छ ।

स्थानीय विकास अधिकारी युवराज पौडेलले जिल्लाको महत्वपूर्ण सो पुलको मर्मतका लागि हालसम्म कुनै ध्यानकार्षण नभएको र हाल सो सडकको सडक विभागले जिम्मा लिएकाले सोही कार्यालयले मर्मत तथा व्यवस्थापनको काम गर्नुपर्ने बताए । नेपाल सरकार स्थानीय विकास मन्त्रालयले नेपालमै नमूना पुलको रुपमा सस्पेन्डड मोडलमा सो पुल निर्माण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका