स्याङ्जा,पुस ९-
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा पेश भएको संविधान संशोधन विद्ययक पास हुन सकेमा मुलुकमा लोकतन्त्र बलियो हुने बताएका छन् ।
स्याङ्जाको वयरघारीमा आयोजना गरिएको प्रथम भीरकोट महोत्सवको उदघाटन गर्दै सभापति देउवाले संशोधन प्रस्तावलाई पास गराउन सकेमा लोकतन्त्र कसैले खोस्न नसक्ने बताएका हुन् । राष्ट्रमा संविधान बनेपनि कार्यन्वयनमा समस्या देखिएको छ पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने,“संविधान संशोधनमा सहयोग एमालेले गर्नुपर्छ ।” अन्यथा एकता खलवलिने र लोकतन्त्र गुम्ने देउवाले थपे ।
महोत्सव उदघाटन समारोहमा मात्रै १५ मिनेट वोलेका देउवाले संघिय चुनाव हुन जरुरी रहेको उल्लेख गर्दै २०७४ माघ भित्र तिन ओटै चुनाव गरिसक्नु पर्नेमा जोड दिए । नेपाल मधेशी, पहाडी, हिमाली र तराईको साझा फुलवारी हो सभापति देउवाले भने,“ मधेशीको माग पनि सुनिदिनु आवश्क छ ।” एकता नखलबलिने गरी संविधान संशोधन प्रस्ताव पास हुनु आवश्यक रहेको पनि देउवाले जोड दिए ।
संविधानले तोकेको समय भित्रै चुनाव गराउनु पर्छ नेता देउवाले भने,“ समयमै निर्वाचन गराउन नसके नेपालमा संवैधानीक संकट देखा पर्ने खतरा बढेको छ ।” मिलेर बसको समाजलाई एकता र मधेश पहाडीको दुरी कम गराउन पनि संविधान संशोधन मुख्य विषय भएको देउवाले जिकिर गरे । स्याङ्जाको समग्र विकासका लागि आफु सदैव साथमा रहेको उल्लेख गर्दै देउवाले आँधीखोला नियन्त्रण गरी तटवन्दमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उदघाटन समारोहमा अर्का नेपाली काँग्रेस केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले आगामी माघ भित्र यो सरकारले तिन ओटै निर्वाचन सम्पन्न गर्ने दावी गरे । संविधान कार्यन्वयन गर्नका लागि मुलुकमा निर्वाचनको खाँचो छ पुर्व मन्त्री समेत रहेका श्रेष्ठले भने,“आगामी चैत्र महिना भित्र मुलुकमा तिनतहको निर्वाचन सम्पन्न हुनेछन् ।” सबै स्याङ्जावासीहरुलाई निर्वाचनका लागि तयारी रहन पनि श्रेष्ठले आग्रह गरे । यो महोत्सवले स्याङ्जाको उद्योग, व्यापार, कृषि र पर्यटनलाई टेवा पुग्ने श्रेष्ठको भनाई थियो ।
सोही समारोहमा अर्का नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ्ले भने संविधान संशोधनका नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाउन नपाईने बताए । संविधान बनाउदा सहमतिमा बनाउने नेता गुरुङ्ले भने,“संविधान संशोधन वा कार्यन्वयनमा दलहरु एकजुट नहुनु मुलुकका लागि दुभाग्र्य हो ।” सांसदको तलव भत्ता बृद्धिमा नेताहरु एकठाँउमा आएर सहमति जुट्ने तर संविधान कार्यन्वयनमा किन दलहरु एकठाँउमा नआउने प्रतिप्रश्न गर्दै गुरुङ्ले भने । संसदको तलव बृद्धि प्रति लक्षित गर्दै गुरुङले गरिव जनताले तिरेको करमा नेताहरुले रजाई मात्रै गरेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तथा सांसद कमलप्रसाद पंगेनी, नेकपा एमालेकी केन्द्रिय सदस्य पदमा अर्याल, महोत्सवका संयोजक हर्कबहादुर गुरुङ् लगायतका बक्ताहरुले भीरकोट महोत्सवले स्याङ्जाको उद्योगी व्यावसाय र कृषि, पर्यटनको विकासमा टेवा पुग्ने बताए ।