Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालगन्जका होटेलहरुमा यसरी मौलाउदै छ यौनधन्दा(भिडियोसहित) – Gaule Khabar

नेपालगन्जका होटेलहरुमा यसरी मौलाउदै छ यौनधन्दा(भिडियोसहित)

नेपालगन्जका होटेलहरुमा यसरी मौलाउदै छ यौनधन्दा(भिडियोसहित)

नेपालगन्ज पुस ९-

नेपालगन्जका कैयौं होटलहरुमा हिंजोआज यौनधन्दा मौलाएको छ । कतिपय होटलहरुमा युवतीहरुलाई नै राखेर यौनधन्दा गरेको पाईएको छ ।होटलमै यौनधन्दा चलाईरहेका संचालकहरुको मनोबल यति बढेको छ कि उनीहरु आफ्नो धन्दाबारे हाकाहाकी सबैलाई भन्न पनि डराउँदैनन् ।

यौनधन्दा चलाउनेहरु कानुनसँग नडराउनुका पछाडिको कारण उनीहरुले प्रहरीबाट पाउँदै आएको संरक्षण नै मुख्य हो । त्यस्तै यौनधन्दा चलाउनेहरुविरुद्ध प्रहरीको निष्क्रियता पनि अर्को कारण हो ।अवध पोस्ट्को टीम ग्राहककारुपमा यौनधन्दा भईरहेका थुप्रै होटलहरुमा पुगेर संचालकहरुसँग कुरा गर्दा प्रायः सबैले प्रहरीलाई हप्ता बुझाउने गरेको बताए ।

बसपार्कस्थित एक होटलमा गरिएको स्टिङ अपरेसनबाट जिल्लास्थित प्रहरी निकायहरु यौनधन्दावारे वाकिब रहेको प्रष्ट हुन्छ । सिटी फुड होटलका संचालकले हामीसँगको कुराकानीमा प्रहरी अधिकारीहरुलाई आफुले हप्ता बुझाउने गरेको बताए ।

उनले भनेका छन्– जिल्ला प्रहरी, वडा प्रहरी, बसपार्कस्थित प्रहरी, सशस्त्र प्रहरीका कर्मचारी पनि उनका ग्राहक हुन् । कुराकानीका क्रममा उनले एक युवतीसँग एकरात विताएवापत ५ हजार रुपैयाँ लिने गरेको पनि बताए ।

प्रहरीले भने युवतीहरु राखेरै होटलमा यौनधन्दा भईरहेकोबारे आफुहरुलाई थाहा नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीर बहादुर थापाका अनुसार ३ महिनाअघि पुष्पलाल चोक नजिकैको होटलमा यौनधन्दा गराउने ३ जनालाई मानवबेचविखनको मुद्दा चलाएपछि अहिले यस्ता काम गर्नेहरु हच्किएका छन् ।

अवध पोस्ट्सँग कुरा गर्दै प्रहरी निरीक्षक थापाले भने, ‘साथी वा श्रीमती भनेर युवतीलाई लिएर होटलमा  जाने क्रम नरोकिएको हुन सक्छ । तर युवती नै राखेर वेश्यावृत्ति गराईएको भने नहोला ।’

नेपालगन्जको राँझा चोक नजिकैको कलस कटेज, भुपु सैनिक होटल, कोहलपुरको लक्ष्मी होटल र ढकेरीको चोया कटेज पनि यौनधन्दा हुने होटलकारुपमा बदनाम छन् ।

यी होटलहरुमा पनि युवतीहरु राखेरै यौनधन्दा संचालन भईरहेको एक प्रहरी अधिकारीले बताए । यहाँका ग्राहकहरु प्राय भारतीय हुने गरेका छन् ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=sMA-JSJuinI

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका