मेगराज खड्का
रुकुम पुस ९-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका आधार ईलाकाहरुबाट ऊर्जा लिएर संबिधान कार्यन्वयनमा लाग्ने बताएका छन। रुकुम, रोल्पा लगायतका आधार ईलाकाहरुले जनयुद्धक्रममा ठुलो सहयोग गरेको भन्दै अब यहाँका जनताको साथ र हौसलाले संबिधान कार्यन्वयनमा पनि ठुलो सहयोग गर्ने उनले बताए।
जनयुद्धको ऐतिहासिक स्थल रुकुमको चनबाङ भेरिडाँडा पुगेका प्रधानमन्त्री प्रचण्डले गुरिल्ला ट्रेकिङ तथा ऐतिहासिक जनयुद्ध संग्रालयको शुभारम्भ गर्न उनी रुकुम पुगेका हुन्। जनयुद्धका आधार ईलाकाका जनताहरुको भावना बुझेर अघि बढ्दा मात्र आर्थिक समृद्धि र समाजबादको आधार तयार हुने भन्दै प्रधानमन्त्री प्रचण्डले संबिधान संसोधन र कार्यन्वयनमा त्यसले ठुलो भुमिका खेल्नेछ।
‘सुन्दर सपना सहित हामीले लामो कष्टपुर्ण जनयुद्ध थालनी गरेका थियौ’, उनले भने, ‘सपना देखेका केहि पुरा भएका छन तर आधारईलाकाका धेरै सपनाहरु पुरा गर्न बाँधी छ, अबको आर्थिक समृद्धिको योजनामा यीनै क्षेत्रहरु प्रथामिकतामा पर्दछन।’ यसअघि माओबादी गुरिल्ला हिडेको बाटोमा अब आन्तरिक तथा बाह्य पर्यटकहरु हिड्ने बताउदै देशकै पर्यटन क्षेत्रमध्ये गुरिल्ला ट्रेल आर्कषणको केन्द्र बन्ने समेत दाबी गर्दै सरकार यसको प्रवर्धनमा लाग्ने बताए।