Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वीरगन्जमा कर्मचारीकै मिलेमतोमा तस्करी, प्रहरीले गोली चलायो – Gaule Khabar

वीरगन्जमा कर्मचारीकै मिलेमतोमा तस्करी, प्रहरीले गोली चलायो

वीरगन्जमा कर्मचारीकै मिलेमतोमा तस्करी, प्रहरीले गोली चलायो

वीरगन्ज, पुस ९ –

वीरगन्ज भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा मूख्य नाकाबाटै तस्करी भइरहेको खुलासा भएको छ ।वीरगन्ज भन्सार कार्यालयबाट गेटपास नै नभएको कपडा बोकेकोे ना २ ख ९३५३ नम्बरको ट्रकलाई शुक्रबार अपराह्न जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएपछि भन्सार कर्मचारीकै मिलोमतोमा मूख्य नाकाबाट तस्करी भएको खुलेको हो ।

राजश्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको ट्रकबाट दश लाखभन्दा बढीको अवैध लत्ताकपडा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिए ।यसैबीच कोइलाको भन्सार गरी औद्योगिक रसायन भित्र्याएको एक भारतीय ट्रकलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गर्नु परेको छ ।

भारतबाट नेपाल भित्र्याएको उक्त ट्रकलाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिन खोज्दा ट्रक चालकले सात वटा प्रहरी विट भत्काई भाग्न खोज्दा गोली प्रहार गर्नुपरेको साहले जानकारी दिए । कर्मचारीकै मिलेमतोमा मूलनाकाबाटै दिनानुदिन तस्करी बढेको प्रहरीले जनाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका