Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भारतीय राष्ट्रपतिले दलाई लामालाई भेटेपछि चीन आक्रोशितःअमेरिका बराबरको सोच्नु नै भारतको मुर्ख्यार्इ – Gaule Khabar

भारतीय राष्ट्रपतिले दलाई लामालाई भेटेपछि चीन आक्रोशितःअमेरिका बराबरको सोच्नु नै भारतको मुर्ख्यार्इ

भारतीय राष्ट्रपतिले दलाई लामालाई भेटेपछि चीन आक्रोशितःअमेरिका बराबरको सोच्नु नै भारतको मुर्ख्यार्इ

काठमाडौं,पुस ९-

चीनले भारतलाई मंगोलियाको विषयलाई सर्मथन गरेर भारत प्रवासमा रहेका तिब्बती धार्मिक नेता दलाई लामामार्फत प्रहार गर्न खोज्ने भारतको कडा आलोचना गरेको भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले जनाएको छ ।

चीनको सरकारी मुखपत्र ग्लोवल टाइम्सको  सम्पादकीयमार्फत एक चिनियाँ उच्च अधिकारीलाई उद्धृत गर्दै ‘अदुरदर्शी’ र ‘बिग्रिएको’ भारतले मंगोलियाको बिषयमा दलाई लामालाई हातमा लिएर प्रहार गर्न खोज्नु भारतको क्षमता भन्दा कोसौँ टाढाको कुरा भएको भन्दै भारतको महत्वकांक्षा र वास्तविक शक्तिका बीचमा ठूलो खाडल रहेको प्रतिक्रिया दिएको छ ।

साथै  चीनले भारतलाई ‘स्पोइल्ट किड’ को जस्तो ब्यवहार गर्न छाड्न पनि भनेको छ ।‘कहिलेकाँही विश्वको ठूलो प्रजातान्त्रिक हुँ भन्ने गह्रौं मुकुट पहिरिएरको’ भ्रमबाट बहकिएर भारत ‘स्पोइल्ट किड’ व्यवहार गर्छ । भारतसँग सफल देश बन्ने सम्भावना छ तर यसको भिजन अदुरदर्शी छ,’पत्रिकाले भनेको छ ।

अमेरिकाले पनि चीनको ‘कोर इस्यु’हरु जस्तै सम्प्रभूता र अखण्डता विपरित जान दुईपटक सोच्नुपर्छ भने अमेरिका बराबरको सोच्नु भारतको मुख्र्याई भएको चीनले बताएको छ ।हालै चीनले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एक चीन बिषयमा धावा बोल्न खोज्दा सोे बिषय सम्हालेको कुराबाट पाठ सिक्न भारतलाई चुनौती दिएको छ ।

बताइएअनुसार चीनको यो प्रतिक्रिया हालै भारत भ्रमणका क्रममा मंगोलियाका बिदेशमन्त्रीले अब दलाई लामालाई आफ्नो देशले कहिल्यै पनि भ्रमण अनुमति नदिने बताएपछि आएको हो ।केही महिना अघि दलाइ लामाले मंगोलियाको भ्रमण पछि चीन र मंगोलियाको कुटनीतिक सम्बन्ध बिच्छेद भएको छ ।साथै यस बिषयमा मंगोलियाले भारतको सहयोग खोजेको बताइएको छ । साथै मंगोलियाको भारतसँग सहयोग माग्ने कामलाई राजनीतिक रुपमा कच्चा खेल भनेको छ ।

बताइअनुसार भारत यसबाहेक भारतका राष्ट्रपति प्रणव मुखर्जी र दलाई लामाको  गत डिसेम्बर ११ को भेटलाइ लिएर झन बढ्ता रिसाएको बताइएको छ । भारतका राष्ट्रपतिले  एक दशकमा दलाइ लामालाई भेटेको यो  पहिलो पटक हो ।

भारतले लामो समयदेखि दलाई लामालाई अस्त्रको रुपमा चीन बिरुद्ध प्रयोग गर्दै आइरहेको छ ।  दलाइ लामाको मंगोलिया भ्रमणपछि मंगोलिया र चीन बीच कुटनीतिक सम्बन्धमा आएको चिसोपनापछि राष्ट्रपति मुखर्जी र लामाको भेट सायद मंगोलियालाई नैतिक समर्थन दिन थियो, पत्रिकाले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका