Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अण्डाका फाईदाः जाँगरिलो भईन्छ, शरिर मोटाउन पाउँदैन – Gaule Khabar

अण्डाका फाईदाः जाँगरिलो भईन्छ, शरिर मोटाउन पाउँदैन

अण्डाका फाईदाः जाँगरिलो भईन्छ, शरिर मोटाउन पाउँदैन

अण्डा पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । अण्डाका केही लाभ यस्ता छन्ः

–अण्डामा भिटामिन ए, डी, बी–१२ सँगै फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन् । यी तत्वले शरीरलाई दह्रो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ ।

–शरीरको वजन घटाउने सोचमा हुनुहुन्छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ । त्यही भएर अण्डालाई कम क्यालोरी भएको खानाका रूपमा चिनिन्छ । भोक लागेको बेला अण्डा खानुभयो भने यसले शरीरमा क्यालोरीको मात्रा नबढाई तपाईंको भोक शान्त गराउँछ र शरीरलाई मोटाउन दिँदैन ।

–अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई ऊर्जावान राख्न मद्दत गर्छ । –अण्डामा क्याल्सियम, भिटामिन डी आदि पाइन्छन्, जसले हड्डीलाई बलियो बनाउने गर्छन् ।

–बिहान उठेपछि अल्छी लाग्यो भने भने अण्डा खाने गर्नुस् । यसले एनर्जी बुस्टरको काम गर्छ र तपाईंलाई जाँगरिलो बनाउँछ । – काँचो अण्डामा दिमाग तेजिलो बनाउने तत्व हुन्छ ।

– अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तत्वले कपाल र छालालाई बलियो र चम्किलो बनाउँन मद्दत पुर्याउँछन् । खानुका साथै अण्डाको पहेँलो भागलाई कपालमा लगाउने गर्नाले कपाल नरम र चम्किलो बन्छ । – एजन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका