Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महायज्ञमा एकै दिन पाँच क्विन्टल धातु संकलन – Gaule Khabar

महायज्ञमा एकै दिन पाँच क्विन्टल धातु संकलन

महायज्ञमा एकै दिन पाँच क्विन्टल धातु संकलन

चितवन, पुस ८–

अष्टधातु संकलनका लागि पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको श्रीमद भागवत धनधान्याञ्चल एवंम अष्टधातु संकलन ज्ञान महायज्ञमा शुक्रबार करिव पाँच क्विन्टल धातु संकलन भएको छ ।
शुक्रबार ५ क्विन्टल धातुसँगै नगद २ लाख २ हजार ७ सय ८० रुपैयाँ संकलन भएको महायज्ञ मुल समारोह समितिका सचिव मदनराज मिश्रले जानकारी दिए । त्यस्तै २० क्वीन्टल धान पनि प्राप्त भएको उनले बताए । शुक्रबार रत्ननगर–१ का हरिभक्त घिमिरेले ११ हजार १ सय ११, रत्ननगर २ का युनिक बचत तथा ऋण सहकारी संस्थाले ११ हजार १ सय ११, रत्ननगर १ का दुर्गानाथ ढकालले ७ हजार २ सय, रामलीला आचार्यले ६ हजार, पुण्यकुमारी पाठकले ६ हजार रुपैयाँ नगद सहयोग गरे ।

सहयोग गर्ने दाताहरुलाई यज्ञस्थलमा सम्मान पत्र एवं रुद्राक्ष मालाले सम्मान गरिएको थियो । पण्डित अच्युतकृष्ण अधिकारीले कथा बाचन गरिरहेको महायज्ञमा दिनानुदिन भक्तजन बढ्दै गइरहेको सचिव मिश्रले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका