काठमाडौं,पुस ८-
नेपालको दोस्रो ठूलो सहर बिराटनगर महानगरपालिका नबन्ने पक्का भएको छ । त्यसैगरी भरतपुर वीरगञ्ज र हेटौंडाबासीको महानगरपालिका बनाइनुपर्ने माग पनि पूरा नहुने भएको छ ।
स्थानीय तह पुनसंरचना आयोगले देशभरिमा दुईवटा मात्रै महानगरपालिका बनाउने प्रस्ताव गरेपछि बिराटनगर,भरतपुर हेटौडा र वीरगञ्जलगायतका शहरहरु महानगरपालिकाको सूचीमा नपर्ने भएका हुन् ।आयोगले अन्तिम रुप दिएको सिफारिसअनुसार काठमाडौंपछि अब पोखरा पनि महानगरपालिका बन्ने भएको छ ।