WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B50nZXLnt9zUaWTmTqI0cUV4/X1FuH1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 20:10:17', '', 'admlnlx', 'admlnlx')
काठमाडौं पुस ८ –
राजधानीको लुतिढल्को स्वयम्भुमार्ग काठमाडौंस्थित् संघाराम विहारको सामाजिक सम्पति निजि व्यक्तिले प्रयोग गरिरहेको खुल्न आएको छ ।
शुक्रबार रिपोर्टर्स क्लव नेपालमा संघाराम विहार लुति वडा नं.१७ ढल्को काठमाडौले पत्रकार सम्मेलन गरेर सार्वजनिक संस्था र त्यसको माताहतमा रहेको सम्पतिलाई एकाध व्यक्तिको दम्भ र शक्तिको आडमा खर्च गरेको भन्दै भिक्षु आनन्दले सरकारलाई दोषीलाई कारवाही गर्नुपर्ने माग गरे ।
आनन्दले १३ बर्षको उमेरदेखी घरपरिवार सारा अभिलासा त्यागेर आफु बुद्ध धर्मको प्रचार–प्रसार र धार्मिक यात्रामा लागेको बताउँदै पछिल्लो समयमा संघराम विहार भित्रको मनोमानी र विहारको सम्पति सिमित व्यक्तिले दुरपयोग गरेको, भक्तालु जनमाथि हातपात गर्ने गरेको जस्ता बिषयका बारेमा बोल्दा वीरेन्द्र शाख्यले जालसाँची गरेर आफुलाई संघनायक भिक्षु महासंघबाट बहिष्कार गर्नेसम्मको काम गरेकोमा आफु दुःखित भएको गुनासो पोखे ।
आनन्दले भने,‘१७ बर्ष श्रीलङ्कामा अध्ययन गरेर २०५८ सालमा स्वदेश फर्केर बुद्ध धर्मको बारेमा सक्दो प्रयास गरिरहेको छ, धन दुरपयोग, विहारको भौतिक संरचना व्यक्तिले प्रयोग गर्ने गरेको विषयलाई लिएर बोल्दाखेरि विभिन्न जालसाँचि गरि मलाई अपमानजनक तरिकाले अखिल नेपाल भिक्षुसंघले संघबाट हटाएकोमा आश्चर्य लागेको छ ।’
उनले आफूलाई कुनै पनि जानाकारी नदिई र कुनै पनि स्पष्टिकरण नलिई सदस्यताबाट निलम्बन गरिनुलाई अन्यायको संज्ञा दिँदै भने,‘म मात्रै नभएर धेरै धार्मिक योद्धालाई अन्यायमा हुन गएको छ, संघनायक भिक्षु अशोघोसले आफुलाई संघमा पुर्नवाहाली गर्न भनि दिएको लिखित पत्रको सुनाई भएको छैन्, म यो देशको नागरिक भएको हैसियतमा राज्यले म माथि भएको अन्यायलाई हेर्नुपर्ने हुन्छ ।’
त्यस्तै कार्यक्रममा समाजसेवी डिल्लीराज खड्गीले विगत लामो समयदेखि यस्ता भ्रष्टचारमा समाहित व्यक्तिका बिरुद्धमा लड्दै आएको भन्दै संघाराम विहारको नाममा भएका आर्थिक, भौतिक सम्पदाको दुरुपयोगको बिषयलाई सरल रुपमा किनारा लगाउन नसकिए अख्तियार दुरुपयोग अनुशन्धान आयोगसम्म जाने चेतावनी दिएका छन् ।
कार्यक्रममा अमृतमान शाक्य लगायतले आफ्ना बिचार राखेका थिए ।