काठमाडौं पुस ८ –
नेपाल सुस्त श्रवण संघले सुस्त श्रवणबाट पिडीतको उचित व्यवस्था गर्नको लागि सरकार समक्ष ६ बुँदे माग अघि सारेको छ ।
शुत्रबार रिपोर्टर्स क्लब नेपालमा नेपाल सुस्त श्रवण संघले पत्रकार सम्मेलन गरेर सुस्त श्रवणबाट पिडीतको लागि सरकारले कुनै पनि वास्ता नगरेको गुनासो पोख्दै यस्तो माग अघि सारेको हो ।
संघले अघि सारेका मागहरुमा मस्यौदा विधेयकमा अपाङ्गताको वर्गिकरणमा सुनाई, सम्बन्धी अपाङ्गतामा सुस्त श्रवणको परिभाषामा एउटा कान धेरै नसुन्ने र एउटा कम सुन्ने र दुवै नसुन्ने समस्या भएकाहरूको लागि सरकारले परिभाषालाई अन्तराष्ट्रिय स्तर र मापदण्ड बमोजिम बनाउनुपर्ने, सुस्त श्रवण भएका व्यक्तिहरूलाई सिपमुलक तालिम दिनुपर्ने लगायत छन् ।
श्रवण नापितले आफु शारिरिक रुपमा सक्षमता भएपनि कान नसुन्ने समस्याले गर्दा आफूलाई जिविकोपार्जन गर्न साह«ै धौधौ भएको गुनासो पोखे । उनले भने,‘एक कान कराउँछ, अर्को कान नसुने समस्याले गाँजेको छ, बाँकि जीवन कसरी काट्ने ? यही पिरले सताउँछ ।’
सुजना महर्जन, सौरभ थापा लगायत सुस्त श्रवण व्यक्तिले आफुले भोग्नु परेका दुःख अभाव र जीवन जिउनु पर्दाको कहाली लाग्दा अनुभवहरु सुनाएका थिए ।