WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7RkC5LGNB6t2QGQX8LZSN.BHJgvN81', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 22:21:39', '', 'admlnlx', 'admlnlx')
काठमान्डौं,पुस ८-
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ दिल्ली पुगेर ८० मेगावाट विजुली खरिद सम्झौतामा हस्ताक्षर गरेका छन् ।
विद्युत खरीद सम्झौता (पीपीए)मा बुधबार हस्ताक्षर गरेर घिसिङ बिहीबार काठमाडौं फर्किएका हुन् ।
सम्झौताअनुसार मुजफ्फरपुर-ढल्केबर प्रसारण लाइनमार्फत् नेपालले थप ८० मेगावाट विजुली प्राप्त गर्ने छ ।
यसबारे नयाँदिल्लीमा बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको एनभीभीएन विद्युत विकास निगमका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गवीच हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार ढल्केबरबाट नेपालले हाल ८० मेगावाट पाउने छ भने फेब्रुअरीदेखि १६० मेगावाट बिजुली नेपालले खरिद गर्नेछ । नेपालमा विद्युत दिन सहज गराउने उद्देश्यले भारतले मुजफ्फरपुरमा १ सय एमबीएको ट्रान्सफर्मर थपेको छ ।
बुधबार गरिएको पीपीएका सम्बन्धमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘यो नयाँ सम्झौता भन्दा पनि पहिलेकै पीपीएको निरन्तरता हो ।’
नेपालले भारतसँग गरेको विद्युत खरीद सम्झौता पीपीएको म्याल सकिन लागेकाले त्यसको म्याद थप गरिएको प्राधिकरण स्रोतले बतायो ।