Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कावासोतीमा बिद्युत लाइन काट्दा रु एक करोड १७ लाख उठ्यो – Gaule Khabar

कावासोतीमा बिद्युत लाइन काट्दा रु एक करोड १७ लाख उठ्यो

कावासोतीमा बिद्युत लाइन काट्दा रु एक करोड १७ लाख उठ्यो
कावासोती, पुस  ७-
 नेपाल बिद्युत वितरण केन्द्र कावासोतीले बिद्युत  महसुल नतिर्ने ग्राहकको लाइन काटेर  रु एक करोड १७ लाख ९४ हजार  एक सय १५ रुपंैया असुल गरेको  छ ।  पाँच महिनाको अबधिमा  कावासोती केन्द्रले  ५ सय ६२ ग्राहकको लाइन काटेको  छ ।
हुकिङ्ग गरि बिद्यूत चोरी गर्ने ६ सय ४९ जनालाई कारबाही समेत गरेको नेपाल बिद्युत वितरण केन्द्र कावासोतीका प्रमुख उमेशप्रसाद यादवले बताए ।  मिटरबाट चुहावट गर्ने ग्राहकबाट मात्रै रु ६ लाख नौ हजार दुई सय ५७ असुल गरेको  यादवले जनाए  ।
बिद्युत वितरण केन्द्र कावासोतीले आफ्नो क्षेत्र भित्र चुहावट कम गराउन अभियान थालेपछि  अनियमित तरिकाबाट बिद्युत प्रयोग गर्नेहरु निरुत्साहित भएका छन्  ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका