Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दोस्रो चितवन मत्स्य महोत्सवमा ५१ हजार घाटा – Gaule Khabar

दोस्रो चितवन मत्स्य महोत्सवमा ५१ हजार घाटा

दोस्रो चितवन मत्स्य महोत्सवमा ५१ हजार घाटा

चितवन, पुस ७–

चितवनको भरतपुरमा पाँच दिनसम्म चलेको ‘दोस्रो चितवन मत्सव महोत्सव–२०७३’ को आज (विहीबार) खर्च विवरण सार्वजनिक गरिएको छ ।
भरतपुरमा पत्रकार सम्मेलनगरि महोत्सवमा भएका सबै कारोबार बारे जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा लेखा संयोजक लोकबन्धु पौडेलले महोत्सवमा ५१ हजार ५ सय रुपैयाँ घाटा भएको जानकारी दिनुभयो । महोत्सवमा कुल १३ लाख ७९ हजार ६ सय ५० रुपैयाँ आम्दानी भएको थियो भने १४ लाख ३१ हजार एक सय ५० रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै महोत्सव संयोजक एवंम नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष रमेश पाण्डेले महोत्सव घाटामा गएपनि व्यवसायीहरुको लागि भने फाईदा भएको बताउनुभयो । उहाँले भन्नुभयो–“महोत्सव घाटामा गएपनि हामी खुशी छौं, माछाको फाईदा र उपयोगिता बारे बुझाउन पाउँदा धेरै राम्रो छ ।” उहाँले महोत्सवमा सोँचे भन्दा धेरै कम घाटा भएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय महासचिव जोगेन्द्र महतोले नाफा कमाउने भन्दा माछाको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव भएकाले समग्रमा महोत्सव सफल भएको बताउनुभयो । उहाँले आगामी दिनमा घाटालाई परिपुर्ती गर्दै महोत्सव आयोजना गर्नमा सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महोत्सवका सदस्य सचिव लुलाराज तामाङले महोत्सव सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले विशेषगरि संचारमाध्यमको सहयोग अविस्मरणीय रहेको भन्दै संचार क्षेत्रलाई धन्यवाद व्यक्त गर्नुभयो ।
नेपाल मत्स्य व्यवासायी संघ चितवन र जिल्ला कृषि विकास कार्यालय भरतपुरको संयुक्त आयोजनामा पुस १ गतेदेखि ५ गतेसम्म औद्योगिक प्रदर्शनी केन्द्र मैदानमा दोस्रो चितवन मत्स्य महोत्सव भएको थियो । महोत्सवमा कुल २० लाखको कारोबार भएको थियो भने ३५ हजार दर्शकहरुले अवलोकन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका