Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यसरी दलियो लोकमानमाथि सर्वोच्च अदालतभित्रै कालोमोसो – Gaule Khabar

यसरी दलियो लोकमानमाथि सर्वोच्च अदालतभित्रै कालोमोसो

यसरी दलियो लोकमानमाथि सर्वोच्च अदालतभित्रै कालोमोसो
काठमाडौं, पुस ६ –
तारेख बुझ्न सर्वोच्च अदालत पुगे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की माथि सर्वोच्च अदालत परिसरमै दुव्र्यवहार र कालोमोसो दलिएको छ ।

सर्वोच्चका प्रवत्ता लालबहादुर कुँवरले तारेख बुझ्न आएका लोकमान माथि दुव्र्यवहार र हुलहुज्जतको प्रयास भएको लोकान्तरलाई बताए । उनीमाथि कालोमोसो दलिएको छ ।

कार्कीले तारेख बुझेर हस्ताक्षर गर्ने बेलामा एक व्यक्तिले पछाडि बाट कार्कीको दाहिने गालोमा कालो मोसो दलेका थिए । कालोमोसो दलेर भाग्ने क्रममा उनीहरुलाई सर्वोच्चको प्रहरीले नियन्त्रणमा लिएका थिए । समात्ने रस्साकस्सीका बीच उनीहरुले नेकपा माओवादी जिन्दावादको नारा लगाएका थिए ।

पक्राउ परेका दुई जनाको नाम खुल्न बाँकी रहेको छ । प्रहरीले कालोमोसो दल्ने कार्यमा संलग्न २ जना रुकुम घर भएका नेकपा माओवादीका कार्यकर्ता भएको खुलको जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका